हिलिहाङमा टोयोटा दुर्घटना हुँदा चालक विश्वकर्माको मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका– ७ मेची राजमार्गअन्तर्गत पाँचथरमा टोयोटा दुर्घटना हुँदा चालक श्याम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ हेवाखोलामा शुक्रबार साँझ भएको टोयोटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा १७ प ७९९९ नम्बरको त्रिशक्ती कन्ट्रक्सनको कर्मचारी बोक्ने टोयोटा दुर्घटना हुँदा सोही त्यसका चालक नेपालगञ्ज घर भएका ३५ वर्षीय विश्वकर्माको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापा पठाइएको बताइएको छ । गाडी सडकदेखि २५–३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया