करोडौँ लागतमा विद्यालय भवन बनाउँदै

सरकारले नगरेको काम गर्दै अग्रवाल फाउन्डेसन

बारा । सरकारी विद्यालय सबैको लागि साझा सम्पती हो । विद्यालयको संरक्षण र सञ्चालनमा सरकार सहितका सबै निकायले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । त्यसमा पनि सरकारी विद्यालयको संरक्षण गर्नु त सरकारको प्रमुख दायित्व अन्र्तगत पर्छ ।
तर सरकारले समेत ध्यान पु¥याउन नसकेको कलैया उपमहानगरपालिका–१ स्थित रहेको बारा जिल्लाकै पुरानो श्री ३ चन्द्र माध्यमिक विद्यालयको जिर्ण भवन भत्किने अवस्थामा पुगेको छ । विद्यालय भवनको छत आफै भत्किन थालेको थियो । तर, त्यसलाई पुनःनिर्माण गर्न कहिबाट पनि सहयोग हुन सकेको थिएन । भवन निर्माणको लागि तीनै तहका सरकारलाई गुहार गर्दा पनि कुनै सुनुवाई भएको थिएन । जिर्ण भएको पर्खाल र चुहिने छत मुनी त्रासपुर्ण वातावरण अध्ययन गर्न वाध्य हुनु परेको श्री ३ चन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा अर्चना दासले बताइन् ।

उनी जस्तै त्रासपुर्ण वातावरणमा कक्षामा सहभागी हुन वाध्य भएका सोही विद्यालयमा कक्षा १० मै अध्ययनरत विद्यार्थी विजय पटेलले पहिलाको तुलनामा अहिले विद्यालयको पुर्वाधारसँगै शैक्षिक वातारणमा सुधार भइरहेको बताए ।

भवन बनाउन आवश्यकता भएको बेला यसै विद्यालयमा अध्ययन गरी हाल अमेरिकामा बस्दै आएका बजरंगलाल अग्रवाल र पवन अग्रवालले विद्यालयको भवन निर्माणमा तदारुक्ता देखाए ।
दुबै दाजुभाइले खोलेको अग्रवाल फाउन्डेसन संस्था मार्फत विद्यालयको पुरानो संरचना भत्काएर करोडौँको लगानीमा नयाँ भवन निर्माण गराइरहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले जानकारी दिए ।

‘हामीलाई कोही व्यक्तिले यसरी विद्यालय बनाइ दिएलान भने विश्वास नै लागेको थिएन,’ उनले भने, ‘तर सरकार र विद्यालयको एक पैसा लगानी नलिई उहाँहरुले व्यक्तिगत रुपमा हाम्रो विद्यालय भवन निर्माण गराइरहनु भएको छ ।’ यही विद्यालयबाट पढेका विद्यार्थी उच्च आहोदामा पुगेर सहयोग गरेकोमा उनले खुसी व्यक्त गरे ।

विदेशमा बसेर काम गरीरहेका दाजुभाईले आफनो जन्मभूिम कलैयामा केही गर्न ईच्छा लागेर यसरी आफु अध्ययन गरेको विद्यालय भवनलाई पुनःनिर्माण गर्न लागेको अग्रवाल फाउन्डेशनका कलैया सम्पर्क व्यक्ति निरंन्जन अग्रवालले बताए ।

फाउन्डेसनले श्री ३ चन्द्र माविको पुरै भवन र सिद्धेश्वर संस्कृत माविको संस्कृत छात्रावास भवन निर्माणको लागि करीब १४ करोड बढी खर्च गरीरहेको उनले जानकारी दिए ।

‘सरकारले सहयोग नगरेको जानकारी पाएपछि उहाँहरु आफै भवन निर्माण गराउन जुटेका हुन,’ उनले भने, ‘पार्ट पार्टमा नक्सा तयार गराई निर्माण कार्य भईरहेको छ ।’ कलैयावासीलाई उहाहरुले पु¥याएको योगदानको लागि अग्रवालले धन्यवाद समेत दिए ।
आफु अध्ययन गरेको विद्यालयलाई मात्र होइन, कलैयाकै अर्को विद्यालय सिद्धेश्वर संस्कृत विद्यालयको संस्कृत छात्रावासमा पनि उनीहरुले कोठा थप्ने काम गरेको सिद्धेश्वर संस्कृत विद्यालय कलैयाका विद्यालय व्यवस्थापन समिती अध्यक्ष मणिन्द्रनाथ शर्माले जानकारी दिए ।

देशको तिनै तहका सरकारले गर्न नसकेको काम अग्रवाल फाण्डेशनले गरेर सराहनिय काम गरेको छ । यसरी नै यहाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्न अरुलाई पनि प्रोत्साहन गर्न दाजुभाईको योगदानले प्रेरणा दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया