उपमहानगरद्वारा शिक्षा सुधारका लागि संवाद

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा सुधारका लागि सम्बन्धित पक्षसँग सम्वाद अगाडी बढाएको छ । उपमहानगरको शैक्षिक सुधारका लागि उपमहानगरले समुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्वाद गरेको केही दिन नबित्दै निजि विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकसंग सम्वाद तथा छलफल गरेको हो ।


जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह तथा प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको उपस्थितिमा निजि विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसंग विद्यालय सुधारका लागि अपनाउन सकिने उपायका विषयमा छलफल गरिएको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सन सम्बद्ध विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

छलफलमा उपस्थित नगरप्रमुख साहले नगर भित्रका विद्यालयहरुमा शैक्षिक गतिविधि सुधार, अवैध विद्यालयमाथी निगरानी, परिक्षा प्रणालीमा सुधार लगायतका विषयमा कदम चाल्न उपमहानगर तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बिना इजाजत सञ्चालित विद्यालयलाई कारबाही गर्न तयार रहेको तर संघीय शिक्षा ऐन नहुँदा कतिपय कमद चाल्न कठिनाई भइरहेको बताए ।

२०२८को शिक्षा ऐनलाई टेकेर उपमहानगरले स्थानीय शिक्षा ऐन निर्माण गरेको जानकारी दिँदै उपमहानगरको शैक्षिक स्तर सुधारका लागि हरसम्भव प्रयास गरिने उनले बताए ।

प्रतिक्रिया