काभ्रेमा हत्या भएजस्तो श्रीमान र श्रीमतीको शंकास्पद शव फेला

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा हत्या गरिएको जस्तो देखिने शंकास्पद श्रीमान र श्रीमतीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार यही जेठ मंगलबार (मिति २०८१–०२–०८ गते) महाभारत गाउँपालिका– ४ तिनखुट्टे बस्ने वर्ष ६० का मानबहदुर बल र निजकै श्रीमती वर्ष ५० की केकाई माया बल आफ्नै जस्ताले बारेको तथा जस्ताले छाएको घर (टहरामा) श्रीमान उक्त घरको पसल कोठा र निजकै श्रीमती केकाई माया बल भान्छा कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयहरूले शव फेला परेको सूचना प्रहरीलाई दिएपछि मंगलबार साँझ ५ बजेको समयमा तत्काल इलाका प्रहरी कार्यालय मंगलटार टोली खटिएर घटनास्थल सुरक्षीत राखिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षकको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट नायब उपरीक्षकको कमाण्डमा टोली खटिएको हो । उक्त घटनाबारे एक जना मजदुरलाई नियन्त्रमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ४६ किलोमिटर दक्षिणमा पर्छ । स्थानीयहरूका अनुसार घटना हत्या भएको बताइएको छ ।

प्रतिक्रिया