बेइजिङ । कोरोना भाइरसले संसारलाई आक्रान्त पारेको पनि ४ वर्ष भइसकेको छ । यस ४ वर्षमा संसारले ठूलो क्षति पनि सही सकेको छ । त्यसै महामारीको बारेमा पहिलोपटक समाचार लेख्ने सञ्चारकर्मी भने ४ वर्षपछि रिहा भएकी छन् ।
बुहानमा कोरोना भाइरसको प्रकोपबारे सुरुमा खबर दिने एक पत्रकार ४ वर्षको हिरासतपछि सोमबार रिहा भएकी हुन् । पूर्व वकिलसमेत रहेकी चाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये एक थिइन् ।
चानलाई सन् २०२० को मेमा पक्राउ गरेर कैयौँ महिनापछि ४ वर्षको जेल सजाय सुनाइएको थियो । चाङको जेल सजाय सोमबार सकिएको हो । सन् २०२० को फेब्रुअरीमा बुहानमा लकडाउन गरेपछि चाङले शाङहाईबाट ४०० माइलको यात्रा पूरा गरेर बुहानमा भाइरसको प्रकोपको अवस्था र यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे रिपोर्टिङ गर्न गएकी थिइन् ।
३ महिनासम्म उनले बुहानको अवस्था र त्यहाँका बासिन्दाहरूको स्थितिबारे फोटो भिडियोहरू खिचेर आफ्नो वि च्याट, ट्विटर र युट्युबमा पोस्ट गरेकी थिइन् ।
त्यसपछि चीन कोरोना महामारीको बारे धेरे नै कठोर भएको थियो । संसार भ्याक्सिनका कारण मुक्त भइसके पनि चीनले जिरो कोभिड नीति नै अवलम्बन गरेको थियो । यसै कारण चीन मानवअधिकार हननको सवालमा धेरै नै आलोचित भएको थियो । यसैकारण चीनको अर्थतन्त्रसमेत ओरालो लागेको थियो । अन्तर्राष्ट्रिय समुदायले चीनको धेरै नै आलोचना गरेपछि यो जिरो कोभिड नीति हटाइएको थियो । लामो समय जिरो कोभिड नीति अपनाइएको चीनमा सो नीति हट्ने बित्तिकै एकपटक महामारीकै स्वरूप देखिएको थियो । सी जी पीङ तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि सो नीति हटेको थियो ।
सोही जिरो कोभिड नीति लागूगर्ने क्रममा चीनमा अन्य रोगको उपचार नपाएर धेरै जनाको ज्यानसमेत गएको थियो । चीन अन्य सवालमा समेत आलोचित नभएको होइन । त्यस समयमा धेरै जनाको ज्यान गएपछि चीनले वास्तविक मृतकको तथ्यांक नै लुकाएको आरोप नलागेको होइन । त्यस समयमा हजारौँ जना एकैपटक आइसोलेसनमा पनि राखिएका थिए ।
अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारकर्मीले त्यत्तिकै चीनको विरोध गरेको भने पक्कै होइन । १७ नोभेम्बर २०२२ मा २ महिलालाई यस नीति अवलम्बन नगरेको आरोपमा निर्घात कुटेको दृश्य सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । २०२२ कै मेमा सांघाइमा युवाहरूमाथि भएको कुटपिटको फोटो पनि भाइरल भएको थियो । यत्तिसम्मका उपचारको अभावमा प्रौढहरूले घरमा नै ज्यान गुमाएको समाचार सार्वजनिक भएका थिए । धेरै गर्भवती महिलाले उपचार नपाएको कारण पनि ज्यान गुमाएका थिए ।
२४ नोभेम्बर २०२२ मा सुदूरपश्चिम उरुमीको एक सहरमा लागेको आगलागी पनि त्यसै नीतिका सही समयमा नियन्त्रणमा लिन नसकेको आरोप लागेको थियो । सोही वर्षको ७ डिसेम्बरमा सरकारले आफूलाई पूर्णरूपमा परिवर्तन गरेको हो । सो दिन लकडाउन नहुने तथा पिसिआर टेस्टसमेत नहुने निर्णय भएको थियो । त्यसको केही दिनमा नै उच्चपदस्थको ज्यान गएको थियो । सञ्चारकर्मी कम्युनिस्ट पार्टीका पार्टीका नेता, फिल्म निर्देशक र अन्य धेरै सेलीब्रेटीको एकैपटक ज्यान गएको थियो । यावत घटनाक्रमले कोभिड महामारीको समयदेखि मानवअधिकारको सवालमा आलोचित चीन चाङ चानलाई ४ वर्ष जेल राखेका कारण अझ बढी आलोचित भएको हो ।
प्रतिक्रिया