बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । संगठनका पूर्वपदाधिकारीदेखि जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको हो ।

यस विषयमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अनुसार बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट २० जनलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको छ भने पक्राउपछि आवश्यक अनुसन्धान सुरु गर्नेछ ।
सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिविरुद्ध जाहेरी परेको थियो । नेपाल बाल सङगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ सालदेखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियत पूर्वक म्याद समाप्त नभई नवीकरण गरेको आरोप उनीहरुविरुद्ध छ ।

नक्सालमा रहेको करिब २८ रोपनी ५ आना १ पैसा जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी भाडमा दिइएको थियो । आन्तरिक र पुराना प्रतिवेदनमा करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी रीतासिंह वैद्यसहित उनको कार्यसमितिमा रहेका पदाधिकारी र कर्मचारीको मिलेमतोमा २०४९ सालदेखि बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको थियो ।

पक्राउ पुर्जि जारी गरिएकाहरु

पक्राउ पुर्जि जारी गरिएकाहरुमा नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह, संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालिन उपमहासचिव सुमन शाक्य, तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल, तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, तत्कालिन महासचिव प्रचण्डराज प्रधान, तत्कालिन महासचिव रामकाजी कोने, तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही,तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, बृहस्पति विद्यासदनका अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, अध्यक्ष पुरुषोत्तम राज जोशी, बृहस्पति विद्यासदनका संचालक प्रविण राज जोशी, मुरारी निधि तिवारी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, किर्ति प्रसाद पाण्डे ।

प्रतिक्रिया