भारतीय ग्राहकलाई सहज भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआईमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

प्रतिक्रिया