नारायणी डेभलपमेन्ट बैंककाे सधारणसभा : नयाँ सञ्चालक समिति चयन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकको साधारण सभाबाट संस्थापक समुहतर्फ २ जना र सर्वसाधारण समुहबाट २ जना गरी ४ जनाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । संस्थापक समुहबाट चन्द्रमान मलेकु र टेकनाथ ढकाल र सर्वसाधारण समुहबाट पुकार थापा र गणेशमान प्रधान निविरोध निर्वाचित भएका छन् ।

बैकको स्वतन्त्र संचालकमा बलराम पौडेल मिति २०७९ वैशाख १३ देखी कार्यरत थिए । संस्थालाई तोकिएको न्युनतम चुक्ता पुँजी यही आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, बैकको केन्द्रीय कार्यालय स्थानान्तरण र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया