बझाङमा एमालेका भण्डारीलाई दोब्बर मतको अग्रता

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङको प्रदेश सभा १ को मत गणनामा नेकपा एमालेका दमन भण्डारीकाे दोब्बर मतसहित अग्रता कायमै रहेको छ ।

२ हजार ८२२ मतगणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ४६१ मत पाएको निवार्चन आयोगले जनाएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १८ मत प्राप्त गरेको आयोगले जनाएको छ । अहिले मतगणना जारी छ ।

प्रतिक्रिया