डेटा सेन्टर स्थापना गर्ने समझदारी

काठमाडौं । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दई पक्षीय सहमति भएको हो । बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन् ।

योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन ।

प्रतिक्रिया