कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले लिए शपथ

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए ।

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया