क्याम्पस स्तरोन्नतिका लागि सञ्चालित महायज्ञ सम्पन्न

अर्घाखाँची । क्याम्पसको स्तरोन्नति, विकासका साथै पर्यटन प्रवद्र्धनका लागि ज्योति भविश्वर क्याम्पसले सञ्चालन गरेको महायज्ञ सम्पन्न भएको छ ।
शीतगंगा नगरपालिकाको ऐतिहासिक नगरी डमरु दहको काखमा नयाँ वर्षको पहिलो दिन सुरु भएको महायज्ञ सरोकारकालाको साथ सहयोग र शीतगंगाबासीको उपस्थितिमा सम्पन्न भएको क्याम्पस प्रमुख विष्णु भट्टराईले बताए ।

देशकै ठूलो नगरपालिका शीतगंगामा भौगोलिक विकटताका कारण अझै पनि धेरै विकास हुन सकिरहेको छैन । एक वडाबाट अर्को वडा र पालिकाको केन्द्रसम्म पुग्न धेरै समय लाग्छ । जिल्लाको आधाभन्दा धेरै भू–भागमा भएको उतm नगरपलिकाको केन्द्र ठाडामा पर्दछ । सोही स्थानमा २०६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिई स्थापना भएको उक्त क्याम्पसमा शिक्षा तथा व्यवस्थापन संकायको अध्यापन हँुदै आएको छ ।

नगरपालिकाको एक मात्र ज्योति भविश्वर क्याम्पसले क्याम्पस सञ्चालन लागि गरिएको महायज्ञमा बाजागाजा, नाचगान, कलश यात्रा, भजनकीर्तन, विभिन्न कलाकारद्वारा धार्मिक नाटकका साथै विविध सांस्कृतिक प्रस्तुति, स्थानीय कला संस्कृतिको समेत प्रस्तुत गरिएको थियो ।

महायज्ञ नयाँ वर्षको सुवअवसरमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका थिए, भने समापन पूर्वसहरी विकास मन्त्री एवं प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले गरेका थिए ।

उद्घाटन र समापनका बीचमा लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री जोखबहादुर महरा, प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण आचार्य, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, शैक्षिक तथा धार्मिक व्यक्तित्वले महायज्ञको अवलोकनका साथै क्याम्पस निर्माण तथा विकासका सन्र्दभमा समेत महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरका थिए ।

मानव सेवा फाउन्डेसनका प्रमुख विजय कृष्णमूर्ति जी महाराजले महायज्ञमा प्रमुख वाचकको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । महायज्ञका सबै कार्यक्रमहरू उल्लासमय तवरले सञ्चालन भएको भन्दै प्रमुख कथावाचक विजयकृष्ण मूर्तिले भने, ‘हामीहरू मानवसेवा, सामाजसेवाको अभियन्ता हाँै, मैले कुनै पारिश्रमिक लिएको छैन, क्याम्पसको विकासका लागि बरु सहयोग गरेको छु, भोलिका दिनमा पनि सहयोग गर्न प्रतिबद्ध छौँ ।’
महायज्ञको अवधिमा कथा वाचन, भजन कीर्तन, आरतीका साथै विवाह, व्रतबन्ध, रुद्री, ग्रहशान्ति, चौरासीपूजा, तुलादान, लक्ष पुजासमेत गरिएको मानव सेवा फाउन्डेसनका विष्णु थापाले बताए ।

महायज्ञमा अर्घाखाँची जिल्ला र विशेषगरी शीतगंगा नगरपालिका क्षेत्रका विभिन्न शक्तिपीठको आरती, दिब्य कलश पूजन, स्थानीय जातजातिको झाँकी प्रदर्शन, विशिष्ट व्यक्तिलाई स्वागत तथा सम्मान, कन्या पूजन, धान्याञ्चल पर्वत तथा अन्य पूजा, ज्येष्ठ नागरिक तथा एकल नागरिकलाई सम्मान, विभिन्न संघसंस्थालाई सम्मान गर्नुका साथै धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न महायज्ञ सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कुमार केशव बेल्वासेले बताए ।

क्याम्पसको अलपत्र अवस्थामा रहेको आठ कोठे भवनको निमार्णका लागि ८ जनाले प्रतिबद्धता गरेको र अन्य साझा प्रतिबद्धताहरू समेत भएको क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष काशिराम आचार्यले बताए ।

आम्दानी र खर्चको विवरण संकलन अन्तिम अवस्थामा पुगेको र समितिबाट बैठक बसी आम्दानी खर्च बाहिर प्रस्तुत गरिने आर्थिक समितिका संयोजन लक्ष्मण पन्थीले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया