सौर्यकर्मी भुसाल सम्मानित

अर्घाखाँची । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधार ः सुरक्षित व्यावसायिक र मर्यादित पत्रकार’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १६औँ साधारणसभा तथा आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सोही अवसरमा सौर्यकर्मी हृदय भुसाललाई नगद पुरस्कारसहित सम्मान प्रदान गरेको छ । संस्थागत विकास तथा खोजमूलक पत्रकारितासँगै उत्कृष्ट लेखन गरेको भन्दै विशेष कार्यक्रमका बीच नगदसहित सम्मान गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।

नयाँँ नेतृत्व चयन भएको समग्र तीन वर्षको अवधिलाई नै मूल्यांकन गरी नगदसहित सम्मान गरिएको पत्रकार महासंघले जनाएको छ । भुसाल विगत १६ वर्षदेखि पत्रकारिता पेसामा आवद्ध भएका एक कुशल पत्रकार हुन् । काठमाडौंबाट पत्रकारिता सुरु गरेका भुसालले जिल्लामा सञ्चालित रेडियो सूर्योदयको संस्थापक स्टेसन म्यानेजर हँुदै अन्य जिल्ला तथा राष्ट्रिय मिडियामा काम गरेको पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका अध्ययनशील पत्रकार हुन् ।
प्रचलित ऐन, कानुन आचारसंहितालाई सँधै ख्याल गरी मर्यादित र व्यावसायिक पत्रकारितामा ध्यान दिने भुसाल जिल्लाको एक लगनशील अध्ययनशील अनुशासित पत्रकारभित्र पर्दछन् ।

प्रतिक्रिया