नगरप्रमुख सिंहद्वारा बोदे बर्साईनमा डिप बोरिङको शिलान्यास

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका– ४ स्थित प्रसाही टोलमा सिँचाइका लागि डिप बोरिङ शिलान्यास गरिएको छ । बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश सिंहले बिहीबार एक कार्यक्रमबीच सो डिप बोरिङको शिलान्यास गरेका हुन् ।

स्थानीय जनताहरुको कृषिप्रति बढ्दो आकर्षित चाहनाको मध्यनजर गर्दै कृषिको लागि चाहिने पानीको आवशयकतालाई पूूरा गर्दै बोदे बर्साईन नगरपालिका वडा नम्बर १–४ सम्मका प्रत्येक खेत सिँचाइमा अपुग पानीको मागलाई ध्यान दिँदै यस्तो कार्य गरेको नगरप्रमुख सिंहले बताए ।

नहर सिँचाइले समयमा पानी नहरमा नदिँदा विभिन्न समयमा खेतबारीमा लगाइने बालिनालिलाई पानीको समस्यालाई समाधान गर्नको लागि डिप बोरिङको शिलान्यास गरेको नगरप्रमुख सिंहको भनाई छ । उक्त आयोजनाको काम प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०–०८१ को बजेट विनियोजन भई ४७ लाख ४५ हजार १८२ रुपैयाँमा धर्मराजश्री कन्ट्रक्सन प्रालिले ठेक्का लिएर काम सूचारु गरेको छ ।

सो आयोजनामा ९० वटा डिप बोरिङ जडान र बोदे बर्साईन नगरपालिका वडा नम्बर १–४ को आयोजना रहेको इन्जिनियर दिनेश ठाकुरले जानकारी दिए । शिलान्यास कार्यक्रममा उपमेयर रेणु कुमारी साह, वडा नम्बर ४ का वडाध्यक्ष किरण साह, सब इन्जिनियर सुरेश कुमार यादव, सिर्द्धार्थ सिंह, अजय चौधरी, ब्रहम देव यादव, राजनीतिकर्मी, समाजसेवीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया