वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान (तस्विरहरु)

तस्विर गोपीकृष्ण चापागाईं

काठमाडौं । गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनी बुधबार बागलुङ घर भई अष्ट्रेलिया बस्दै आएका प्रेमी विष्णु सापकोटासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

गायिका एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । उक्त विवाह समारोहमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलादेखि गायिका चौहानका निकट कलाकारलगायत दुवै तर्फका साथीभाइ, आफन्त सहभागी छन् ।

विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । गायिका एलिना र सापकोटाको केही वर्षदेखि प्रेम सम्बन्धको चर्चा थियो । पछिल्लो समय एलिना गायनमा लोकप्रिय हुँदै आएकी छन् ।

(सम्पूर्ण तस्विरहरु गोपीकृष्ण चापागाईं)


प्रतिक्रिया