अक्षरले अक्सर्फोड विश्वविद्यालयको सिकाइ पद्धति लागू गर्दै

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध निजी विद्यालय अक्षर विद्या मन्दिरले विश्वको टप अक्सफोर्ड विश्वविद्यालयको सिकाइ पद्धती लागू गर्ने भएको छ । विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस शैक्षिक वर्षदेखि कक्षा १ देखि ५ सम्म अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालय स्तरका लागि तयार पारेको शिक्षण सिकाइ पद्धति लागू गर्ने बताएको छ ।

विद्यालयका अध्यक्ष पंकज जलानका अनुसार अक्सफोर्ड विश्वविद्यालय स्तरको लागि तयार पारेको शिक्षण सिकाइ पद्धतिमा सुरुदेखि नै कक्षाकोठाको सिकाइलाई आनन्दित बनाउने गरेको र यस्तो कक्षाकोठा संस्कृतिको वातावरण सिर्जना गर्ने र विद्यार्थीलाई एउटा असल नागरिक बन्न प्रोत्साहन गर्नुको साथै जीवनपर्यन्त सिक्ने सीपको विकास गर्दछ । यस पद्धतिले विद्यार्थीहरूको व्यक्तिगत, क्यारियर र शैक्षिक सफलताका लागि बलियो आधार निर्माण गर्ने अध्यक्ष जलानको विश्वास रहेको छ ।

शिक्षण सिकाइ पद्धति अंग्रेजी, गणित, कम्प्युटर, विज्ञान र ग्लोबल स्किल प्रोजेक्ट विषयमा आधारित रहने तथा यस पद्धतिमा विद्यार्थीहरूलाई घोकाउने नभएर प्रोजेक्टहरूको माध्यमबाट बुझने गरी अध्यन गराइने जानकारी गराए ।

अक्सफोर्ड विश्वविद्यालय प्रेसले नियमित रूपमा अक्षरका शिक्षकहरूलाई प्रशिक्षण दिने र सोही आधारमा शिक्षकहरूले विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउने जलानले जानकारी दिए । अक्षर विद्यालयले प्रयोग गर्न लागेको पद्धति नेपालमै पहिलो रहेको अध्यक्ष जलानको दाबी छ ।

प्रतिक्रिया