डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडाैं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

उमेर हदका कारण अवकाश भइ रिक्त हुने एआईजीमा बढुवाका लागि उनीहरूलाई सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

हाल जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् । त्यस्तै ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

एआईजीद्वय सन्दीप भण्डारीले यही ५ वैशाख र मिरा चौधरीले ७ वैशाखमा उमेर हदका कारण अवकास पाउँदै छन् । त्यसपछि रिक्त हुन आउने पदमा बढुवाका लागि जोशी र ढकालको सिफारिस भएको हो ।

प्रतिक्रिया