पेन्सन कोषको रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८१ वैशाख ११ देखि २०८१ कात्तिक १० गतेसम्म कुल १८७ दिन (६ महिना) मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरूका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको दुई वर्ष पूरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पु¥याएको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।

प्रतिक्रिया