रौतहटको सितलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका– २ शितलपुरमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय सितलपुरको प्रांगणमा सो प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमकाबि च सो वडाका वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ सन्जयले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

वडा कार्यालयको सहयोगमा आइतबारदेखि सुरु भएको क्रिकेट प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको आयोजक सितलपुर क्रिकेट ‘बी’ टिमका कप्तान कुन्दन यादवले जानकारी दिए । सहभागी हुने टिमहरूमा मौलापुर, पथरा, सोनरनिया, बंकुल, टेंग्राहा, मेवा, पतौरा, चिरचिरिया, सन्तपुर, मर्यादपुर र बाराको रूपौलियालगायतका रहेका छन् ।

आइतबार भएको उद्घाटन खेलमा बाराको रूपौलियाको टिम विजयी भएको आयोजकले जनाएको छ । रौतहटको मौलापुर र बाराको रूपौलिया टिमका बिचमा उद्घाटन खेल भएको थियो । टस जितेर मौलापुरको टिमले पहिला ब्याटिङ गर्ने फैसला गरेको थियो । निर्धारित १४ ओभरको खेलमा रूपौलीयाको टिमले १०२ रन बनाएको थियो ।

त्यसको जवाफमा मा‌लापुर टिमले मात्र ९९ रन बनाउन सकेको थियो । अन्ततः मा‌लापुरले ४ रनले खेल हार्न पुगेको थियो । खेलमा ५७ रनको पारी खेलेका दिपेश मण्डल मेन अफ दि मैच घोषित भएका थिए ।

आइतबारदेखि सुरु भएको प्रतियोगिता चैत १३ गतेसम्म चलने छ । खेलमा विजेता टिमलाई १० हजार नगर र कप तथा उपविजेता टिमलाई ५ हजार नगद र कप प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष यादवले खेलकुद क्षेत्र विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न आफूले प्रतियोगिता आयोजना गरेको बताए । मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्ययक रहेकााले खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र भएको उनले बताए ।

प्रतिक्रिया