क्याम्पस सञ्चालनका लागि महायज्ञ

अर्घाखाँची । देशकै ठूलो नगरपालिका सितगंगा नगरपालिका भौगोलिक बिकटताका कारण अझै पनि धेरै बिकास हुन सकिरहेको छैन् । एक वडाबाट अर्को वडा र पालिकाको केन्द्रसम्म पुग्न धेरै समय लाग्छ ।

जिल्लाको आधा भन्दा धेरै भू–भागमा भएको उक्त नगरपलिकाको केन्द्र ठाडामा पर्दछ । नगरपालिकाको एक मात्र ज्योति भबिश्वर क्याम्पसले क्याम्पस सञ्चालनका लागि बाजा कलश यात्रासहित ऐतिहासिक महत्व र प्राकृतिक मनोमहक दृश्य रहेको ठाडाको डमरु दह गरेको महायज्ञको लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गरेका छन् ।।
९ दिनसम्म चल्ने महायज्ञको उद्घाटन गर्दे प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले नयाँ बर्ष २०८१ ले मुलुक ब्यप्त रहेको हिंसा, हत्या, अन्याए अत्याचार र बिवेदको अन्त्य भई सामाजिक न्याएसहितको समतामुलक समाजको निमार्णका साथै बिकास, समृद्धि तथा उन्नती प्रगतीका लागि नयाँ बर्षले सवैलाई प्रेरणा दिन सफल होस् भनि शुभकामना दिए ।

ऐतिहासिक सम्पदा, धर्म, संस्कृति, मौलिक कला, स्थानिय पहिँचाहन साथै पर्यटन नै बिकास र समृद्धिको मुल आधार भएको भन्दै प्रदेशसभा सदस्य घिमिरेले पुर्वाधारको बिकासलाई मात्र बिकास मान्ने र पुर्वाधारलाई मात्र प्राथमिकता दिनु गलत भएको बताए ।
ज्योती भबिश्वर क्याम्पसको सर्वागिंण बिकासका लागि आफूले आबश्यक पहल गरिरहेको र आगामी दिनमा क्याम्पसको स्तरउन्नतीका लागि बिशेष पहल उनले बताए ।

सासंद घिमिरेले भने, ‘बिततमा क्याम्पसले २५ लाख माग गगेको थियो, सवै गर्न सकिएन सरकार अनुकुल नहुदाँ पनि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेका छौँ । आर्थिक सामाजिक बिकास बिना समग्र बिकास हुन सक्दैन् त्यसैले आउने बजेटमा क्याम्पसको पुर्वाधार बिकासका लागि आबश्यक पहल गर्नेछु’ उनले भने, ‘म जनता र सरकार बिचको पुलको काम गर्ने जनप्रतिनिधी हो, त्यसको लागि कुनै कमि हुने छैन् । क्याम्पसको भौतिक पुर्वाधारको बिकास गरी क्याम्पसलाई जिल्लाको शैशिक धरोधरको रुपमा बिकास गर्न हामी सवै प्रतिबद्ध छौँ ।’
जिल्ला समन्वय समन्वय समितीका प्रमुख जिवनारायण कोइरालाले क्याम्पसले सञ्चालन गरेको महायज्ञ उदेश्य पूरागर्न सफल होस् भन्दै त्यसका लागि आबश्यक साथ सहयोग गर्ने बताए ।
कोइरालाले भने, ‘महायज्ञको टिमलाई अर्घाखाँचीमा स्वागत गर्दछौँ, प्रमुख कथाबाचकको प्रस्तुती निकै आकर्षक लाग्यो, उहाँका धेरै कुराहरु सुनौँ सुनौँ लाग्ने खालका छन्, प्रस्तुतीले निकै सवैलाई प्रभाबित पार्ने यो महायज्ञले सामाजिक, आर्थिक र जिल्लाको पर्यटन बिकासमा समेत टेवा पुराउने अपेक्षा रहेको छ । यसका लागि सवैजना एक्ताबद्ध भएर लाग्नुपर्छ ।’

नगरप्रमुख छबिलाल पौडेलले महायज्ञ सञ्चालनका लागि आयोजना गर्ने र कथाबाचक मानवसेवा फाउन्डशनको सम्पुर्ण टिमलाई शितगंगा नगरपालिकामा हार्दिक स्वागत गर्दे महायज्ञलाई सफल बनाउन नगरपालिकाको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने बताए ।
शितगंगा नगरपालिकामा बजेट अभाव भएकाले क्याम्पसको स्तरउन्नतीका लागि महायज्ञको आयोजना गरिएको नगरपालिका नगर उपप्रखु गिता भाटले बताइन् ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको शितगंगा र क्याम्पसको समग्र बिकासका लागि सवै पक्ष एक भएर लाग्नु पर्ने र यसका लागि सवै सकारात्मक सोँचका साथ अगाडी बढ्नु पर्ने पूर्वनगर प्रमुख सुर्य अधिकारीले बताए ।

शिक्षाको बिकास र क्याम्पसको सर्वागिंण बिकासका लागि नगरपालिकाको प्रशासनिक क्षेत्रबाट पूर्णरुपमा सहयोग हुने प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । महायज्ञ सञ्चालनका लागि आएको टिमले कुनै पैसा नलिने बरु आफुहरुले नै क्याम्पसलाई सहयोग गर्ने महायज्ञका मुख्य कथाबाचक बालयोगेश्वर बिजयकृष्ण मुर्ति महाजराजले बताए ।

मुख्य कथाबाचक महाराजले भने, ‘हामीहरु देशका बिभिन्न धेरै जिल्लामा यसरी महायज्ञ सफल र भब्य रुपमा गर्दे आएका छौँ, यहाँ पनि सफल र भब्य रुपमा सम्पन्न गर्ने छाँै । त्यसका लागि यहाँहरु सवैको साथ सहयोग र एकता चाहिन्छ,’ उनले भने, ‘सवैले सामाजिक कार्यमा खुलेर सहयोग गर्नु हुने छनै । क्याम्पसको बिकास र प्रगतीका लागि मानव सेवा फाउन्डेशनको सधैँ साथ सहयोग रहने छ । नाँै दिनसम्म चल्ने महायज्ञका बिभिन्न कथाहरु श्रवण गर्ने, भवनकिर्तन आरतीहरु लगायतका सवै गतिबिधीमा यहाँहरुको सक्रिय सहभागीता रहने छ ।’

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया