मेयर मण्डलले गरे सहलेश मन्दिरको उद्घाटन

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले वड़ा नं. १ सिरसियामा नव निर्मित पासमान जातिको कुल देवता राजा सहलेशको मन्दिरको उद्घाटन गरेका छन् । मन्दिर उद्घाटका क्रममा सम्बोधन गर्दे नगर प्रमुख मण्डलले भने, ‘सबै जातजातिको विकासमा पालिका कटिबद्व रहेको छ ।’ उनले नगरपालिकाका सबै नागरिकको हित र विकासमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

मटिहानी नगरपालिका र महोत्तरी क्षेत्र नं. ३ ’क’ का प्रदेशसभा सदस्य अभिराम शर्माको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा मूर्तिसहित मन्दिरको निर्माण कार्य सम्पन्न भएको पालिकाका इन्जिनियर दिनेश साहले जानकारी दिए ।

उक्त कार्यक्रममा नगर उप–प्रमुख मन्जुदेवी साह, वड़ा नं. १ का वड़ा अध्यक्ष शिव शंकर राय, नगरपालिकाका इन्जिनियर बिमलेश साह, उक्त मन्दिरका पुजारी शशि पासमान, बिल्तु पासमान, सिकिल पासमान, रामु पासमान लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया