धनुषामा माइत गएकी एक महिलाको हत्या

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको छ । धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएकी थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनको शव आज बिहान ९ बजेतिर गाउँ नजिकै गहुँ खेतमा फेला परेको छ । मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

माइतमा एक जनाको मृत्यु भएकाले उनी गएकी थिइन् । साँझदेखि हराइरहेकी उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उक्त थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया