भिजिट भिसाको घोषणा

काठमाडौं । नेपालमा सम्भावना नदेखेर, नखोजेर वा अवसर नपाएर बिदेसिने युवाहरूको कथामा आधारित रहने गरी चलचित्र ‘भिजिट भिसा’ घोषणा गरिएको छ। नयाँ वर्षको अवसर पार्दै अभिनेता तथा निर्माता बिराज बिस्टले यो चलचित्र निर्माण घोषणा गरेका हुन् ।

बिस्टले यसअघि चलचित्र ‘बुलाँकी’ बनाएका थिए । चलचित्र घोषणा गर्दै यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा रित्तिएको गाउँलाई देखाइएको छ । मोती बिस्ट प्रस्तुत कर्ता रहेको यो चलचित्रका निर्माता टोपेन्द्र बिस्ट हुन् । बिराजको कथा रहने फिल्ममा यम थापाको पटकथा रहेको छ । कलाकारहरूबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया