नयाँ वर्षको अवसरमा श्रीलंकामा करिब ८०० कैदीबन्दीले पाए आममाफी

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० जना कैदीबन्दीलाई आममाफी दिएका छन् ।

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलंकामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ वर्षको उपलक्ष्यमा ७७९ जना कैदीबन्दीलाई आममाफी दिइएको हो ।

कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काकोे कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ ।

शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलंकाका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए । श्रीलंकाले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मंगलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।– रासस, एएफपी

प्रतिक्रिया