नव वर्ष र शिथिल अर्थतन्त्र

नेपाली मध्ये धेरैले २०८० साललाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना संगाल्दै बिदा गर्यौँ भने कतिले उक्त वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् । हाम्रो जीवन आधार सुखद् भविष्यको आशा हो । यही सुखद् भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ । कुनै पनि नव वर्षको नयाँ जोस, जाँगर र उमंग बोकेर आएको हुन्छ । त्यसैले नव वर्ष २०८१ साल सुखद् भविष्य लिएर उदाइरहेको छ भन्ने आशा गरौँ ।

विश्वनाथ खरेल

नेपालको राष्ट्रिय सम्वत् विक्रम सम्वत् हो । नयाँ वर्षलाई सम्वत्सर पनि भनिन्छ । सौर्य गणनानुसार एक सम्वत्सरमा ३६५ दिनहरू हुन्छन् । सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई सम्वत्सर भनिन्छ । चन्द्रमानको हिसाबले समेत चैत्रशुक्ल प्रतिपदालाई सम्वत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले प्रत्येक सम्वत्सर प्रारम्भ वैशाख १ गतेदेखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ ।

राजा विक्रम आदित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए । हामी कहाँ प्रचलनमा रहेको नेपाल सम्वत्को भने ११४४ वर्ष पहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्परा अनुसारका पात्रो तथा क्यालेन्डरहरू प्रयोगमा रहेका छन् ।

२०८० साल हामीबीचबाट सुखदुःखका विभिन्न घटनाहरू घटाएर हामीबाट सधैँका लागि बिदा भएको छ । हामी तीन करोडभन्दा बढी नेपाली मध्ये धेरैले २०८० साललाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना संगाल्दै बिदा ग¥यौँ भने कतिले उक्त वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् । हाम्रो जीवन आधार सुखद् भविष्यको आशा हो । यहि सुखद् भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ । कुनै पनि नव वर्षको नयाँ जोस, जाँगर र उमंग बोकेर आएको हुन्छ । त्यसैले नव वर्ष २०८१ साल सुखद् भविष्य लिएर उदाइरहेको छ भन्ने आशा गरौँ ।

देशलाई सरसर्ती हेर्ने हो भने आर्थिक उदासीनताको बीचमा राष्ट्रले नयाँ वर्ष मनाइरहेको छ । यो विक्रम संवत् २०८१ र त्यसपछि वसन्तको सूर्यले हिमालयलाई सुनौलो आखाँमा रंगीरहँदा मुलुकले आफ्नो परम्परागत नयाँ वर्ष विक्रम संवत २०८१ को सुरुआत गरेको छ । तैपनि, चाडपर्वको पोसाकको मुनि एउटा राष्ट्र खस्कँदै गइरहेको अर्थतन्त्रसँग जुधिरहेको छ । यस लेखले देशको समृद्धिलाई जोखिममा पार्ने आर्थिक प्रवृतिहरूको समीक्षा गर्दै विक्रम संवत् २०८१ को जीवन्त परम्पराहरूको अन्वेषण गर्दछ ।

यस वर्ष विक्रम संवत २०८१ अप्रिल १३ मा परेको छ । नेपाली परिवारहरू एकसाथ भेला भएर बिशेष खाने पर्व मनाउने गर्दछन् । यस समयमा आआफ्ना घरहरू रंगरोगनले सजाइन्छ, ढोकाहरू शुभ प्रतीकहरूले रंगिएको हुन्छ, र सेल रोटी, मिठाइ, मासुका विभिन्न प्रकार, फलफूल (मिठाइ चामलको औँठी) र दहीजस्ता परम्परागत विभिन्न परिकारहरू तयार गरिन्छ । यसको साथसाथै आगामी वर्षको लागि आशीर्वाद खोज्ने अनुष्ठान स्नान र पूजासँग दिन सुरु हुन्छ । यसमा खासगरीकन बुढापाकाले युवा पुस्तालाई रातो सिन्दुर र चामलको दानाको टीका चढाउँछन् । जुन शुभ र कल्याणको प्रतीक पनि हो । नयाँ पुस्ताले पनि ठूलाको खुट्टा छुने गरी सम्मानको प्रतीक बनाउँछन् । यसमा ढोल तामासाले जीवन्त ढोल बजाउने र शास्त्रीय नृत्य, रोटीको आकर्षक झुकाव सहितको जीवन्त सांस्कृतिक प्रदर्शनको साथ यो दिन खुल्छ ।

तर, नेपालको संघर्षरत अर्थतन्त्रले विक्रम संवत २०८१ को चाडपर्वको भावनालाई ओझेलमा पारेको छ । विश्व बैंकले हालै आर्थिक वर्ष २०२३–२४ को लागि नेपालको वृद्धि प्रक्षेपण ५ दशमलव २ बाट ४ दशमलव ५ प्रतिशतमा घटाएको छ । धेरै कारकहरूले यो सुस्ततामा योगदान गर्दछ । यसमा पनि विश्वव्यापी घटनाहरूको प्रभावः रूस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृंखलाहरू अवरुद्ध पारेको छ । जसले इन्धन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुहरूको मूल्यमा वृद्धि भएको छ । यसको अलावा मुद्रास्फीति बढ्दै गएको छ । त्यसरी नै आम नेपालीको क्रयशक्तिमा ह्रास आएको छ । त्यस्तैगरी देशमा पर्यटन मन्दीको समस्या पूर्ववत अवस्थामा फर्कन बाँकी छ । पर्यटन देशको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ हो । जुन २०७२ सालको विनाशकारी भूकम्प पछि विभिन्न घटनाका कारण सिथिल हुँदै गयो । कोभिड–१९ महामारीले गम्भिर प्रहार ग¥यो । त्यसरी नै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धले पर्यटक आगमनमा उल्लेखनीय कमी ल्यायो, जसले पर्यटन व्यवसायलाई असर ग¥यो । अहिले पर्यटन उद्योग बिस्तारै पुनः लयमा फर्कन थालेको छ ।

विगतमा जे जस्ता घटनाहरू भए पनि हामी मानवजाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर बाँचेका हुन्छौँ । मुलुकमा राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको छ । जसले विदेशी लगानीलाई निरुत्साहित गर्छ । बारम्बार सरकार परिवर्तनहरूले दीर्घकालीन आर्थिक नीतिहरू लागू गर्न गाह्रो बनाउँछ । आर्थिक मन्दीले ठूलो चुनौती खडा गरेको छ । सरकारले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निर्णायक कदम चाल्नुपर्छ । सुनको मूल्य उच्च हुँदै अर्थात १ लाख ३६ हजारभन्दा माथि एकातिर गएको छ भने अर्कोतिर भने डलरको भाउमा पनि तलमाथि भई नै रहेको छ । त्यसरी नै हाल आएर बैंकमा साढे ६ खर्बभन्दा बढी रकम थुपिएको छ । जुन रकम लगानी हुन सकेको छैन । विदेशी पर्यटक नेपाल घुम्न आउँदा ल्याउने खर्च अर्को विदेशी मुद्राको स्रोत हो । जुन कोरोना (कोभिड–१९) पछि विश्वमै पर्यटन आयमा बादल लाग्यो । त्यो प्रतिकूल प्रभाव विदेशी मुद्रा आयमा प¥यो । देशमा भर्खर मात्र बादल फाट्दै छ । नेपालमा पनि पर्यटनको उज्यालो आउन थालेको छ । विदेशी लगानी विदेशी मुद्राको अर्को स्रोत हो । विदेशी मुद्रा केन्द्रीय बैंकमा सञ्चय गरेर नेपाली मुद्रामा लगानीकर्ताले लगानी गर्छन् । जसलेगर्दा वैदेशिक लगानीसमेत अर्थतन्त्रलाई बलियो बनाउने गरी आउन नसकेको यथार्थ हाम्रोसामु छ ।

विदेशी मुद्राबिना सबैजस्तो अर्थतन्त्रका लागि त्यति सहज हुँदैन । झन् नेपालजस्तो कम विकसित मुलुकले आयातमै बढी निर्भर हुनुपर्छ । नेपालको वैदेशिक व्यापार ९० प्रतिशतभन्दा बढी आयात र बाँकी मात्रै निर्यातमा आधारित छ । देशको अर्थतन्त्रमा अहिले देखिएको मूल समस्या लगानीयोग्य पुँजी तरलता धेरै भएको समस्या हो । अहिले बैंक तथा सहकारी संस्था तरलता बढी मात्रामा भए पनि लगानी हुन सकिरहेको अवस्था भने छैन । जसरी देशमा कोरोनाका कारण मन्द बनेको अर्थतन्त्रमा केही सुधारको संकेत मिलेको छ । हाल देशका सहरी क्षेत्रमा घरजग्गाको मूल्य १५ देखि २० प्रतिशतसम्म घटेको सम्बन्धित क्षेत्रले जनाएको छ । जसमा कम ब्याजदरका कारण बहुसंख्यक लगानीकताले बैंकसँग ऋण त लिए तर त्यस्तो लगानी घर खरिद, जग्गा खरिद, सवारीसाधन खरिद र अन्य उपभोग्य क्षेत्रमा प्रयोग गरे । त्यस्तो क्षेत्रमा गरिएको लगानीले पुँजीमा हलचल ल्याएन, उल्टो पुँजी सबै स्थिर बन्न पुग्यो ।

प्रतिक्रिया