अब शहरबाट पार्टीको अभियान सुरु गर्ने अवस्था आयो : माओवादी नेता पुन

बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) का नेता एवं केन्द्रीय सदस्य ओमप्रकाश पुनले पहिला दश वर्षे जनयुद्ध गाँउबाट सुरु भए पनि अब पार्टीको अभियान शहरबाट सुरु गर्ने अवस्था आएको बताएका छन् ।

बिहीबार बझाङको सदरमुकाम चैनपुरमा एक कार्यक्रमकाबीच माओवादी केन्द्र जयपृथ्वी नगरपालिका निर्वाचन परिचालन समतिले आयोजना गरेको निर्वाचन प्रशिक्षीत कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

नेता पुनले भने, ‘हिजो हामी गाउँका सर्वहारा गरिब, दलित, निमुखा वर्गको अधिकारका लागि लड्यौँ, अब संसदीय व्यवस्थामा गइसकेपछि शहरबाट गाउँ जानुपर्ने बेला आएको चुनावको बेला मात्रै नभई अरु बेलामा पनि जनताको घर–घरमा गई सबै वर्गको मन जित्ने कोसिस गरौँ, जित हाम्रो पक्ष नजिक रहेकााले सबैले भूमिगत तरिकाबाट लागौँ, हामी माओवादीहरु माओवादी जस्तो बनौँ ।’

उनले आफ्नो बानी व्यवहार र स्वभाव बदल्नुपर्ने भन्दै सबैले गाउँका न्यून वर्गदेखि शहर बसेका मध्यम वर्गलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । फरक प्रसंगमा बोल्दै पुनले भने माओवादीबाट छुट्टिएर अलग–अलग भएका पार्टीहरुलाई एकीकृत गर्नुपर्ने र अन्य ठूला कम्युनिष्ट पार्टीहरुसँग समिकरण देशमा विशाल एक कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताए ।

साथै उनले समाजवाद अँगाल्नुपर्ने भएकाले सबैले एकताबद्ध गर्न लाग्नुपर्ने र केन्द्रमा भएको समिकरण त्यसको एक चरण भएको बताए । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता तथा केन्द्रिय सदस्य मिनबहादुर कुँवर (विश्वास) ले बझाङ र इलामका उपनिर्वाचन देशकै महत्वपूर्ण चुनाव भएकाले अन्य पार्टीहरुका केन्द्रिय नेताहरुको ध्यान यतैतिर भन्दै सबै नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो ठाउँबाट आफ्नो पार्टीका उम्मेदवार जनक बुढालाई जिताई नयाँ रेकर्ड कायम गर्नुपर्ने बताए ।

नेता कुँवरले सबै चुनावी मैदानमा गइसकेपछि सबैले आफ्नो आँट, साहस र विश्वास रतथा कौशलताका साथ लाग्नुपर्ने बेला आएको बताए । त्यस्तै नेकपा माओवादी केन्द्रका बझाङ जिल्ला संयोजक टोपबहादुर खड्का (विशाल) ले आफ्ना पार्टीका उम्मेदवार सबैका लोकप्रिय उम्मेदवार भएकाले केन्द्रियस्तरका नेतादेखि वडा कमिटी सदस्यहरुले सबैभन्दा बढी भोटले जिताउन पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया