ज्वाइँजस्ता एमाले अभियन्ताहरू

केपी ओलीबाट सिकेर आआफ्ना कार्यक्षेत्रमा प्रभावकारी वैचारिक, सैद्धान्तिक र सांगठनिक अभियान सञ्चालन गर्ने मेसो नै पाएको देखिन्न । नोकरसाही जनवादी तालले पार्टी सञ्चालन गर्न सजिलै हुन्छ तर जनताको नेता हुन त्यति सजिलो हुँदैन । जानेदेखि समयको भरपुर सदुपयोग गरेर औपचारिक र अनौपचारिक रूपमा बोलेर, लेखेर, धेरै प्रभावशाली काम गर्न सकिन्छ । नेता त बत्ती बलेझैँ बलिदिए भएभरका पुतली झुम्मिन्थे र मिसन २०८४ सफल पार्न धेरै सहयोग पुग्थ्यो ।

प्राडा बद्रीविशाल पोखरेल

नेकपा एमाले पार्टी केन्द्रले उपल्ला तहका नेताहरूलाई विभिन्न प्रदेश र जिल्ला र नगरमा पार्टी बिस्तार गर्न परिचालन गरेको करिब एक वर्ष हुन आँट्यो । मिसन २०८४ अन्तर्गत विशेष जिम्मेवारीका साथ परिभाषित कामसहित परिचालन गरेको समय घड्किन थालेको देखिन्छ । तर, जनलहर ल्याउने र आआफ्ना क्षेत्रलाई तरंगित गर्ने काम पटक्क भएको पाइन्न ।

एमाले पार्टी तुलनात्मक रूपमा सबैभन्दा सबल छ, तर आपसी अन्तरद्वन्द्वबाट आफैँ ग्रसित देखिन्छ । यस पार्टीमा लामो समयदेखि महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हालेका नेताहरूको ताँती देखिन्छ । तर, तिनलाई सोधपुछ गर्नेसम्म गर्ने कोही छैन । मुस्कानसहित मन राखेर काम गर्न पनि नेताहरूलाई प्रशिक्षित गर्नुपर्ने देखिन्छ । अचेल कार्यकर्ताका घर, दलानमा आश्रय लिन नेतालाई लाज लाग्न थालेको देखिन्छ । प्रायः नेताहरू मदन भण्डारी र केपी ओलीबाट सिकेर आआफ्ना कार्यक्षेत्रमा प्रभावकारी वैचारिक, सैद्धान्तिक र सांगठनिक अभियान सञ्चालन गर्ने मेसो नै पाएको देखिन्न । नोकरसाही जनवादी तालले पार्टी सञ्चालन गर्न सजिलै हुन्छ तर जनताको नेता हुन त्यति सजिलो हुँदैन । जानेदेखि समयको भरपुर सदुपयोग गरेर औपचारिक र अनौपचारिक रूपमा बोलेर, लेखेर, धेरै प्रभावशाली काम गर्न सकिन्छ । नेता त बत्ती बलेझैँ बलिदिए भएभरका पुतलीझुम्मिन्थे र मिसन २०८४ सफल पार्न धेरै सहयोग पुग्थ्यो । तर, खटिएका प्रायः नेता कार्यक्षेत्रमा ज्वाइँझैँ गमक्क, गजक्क र गजधम्म परेर बसेको देखिन्छ ।

फूलजस्तो जहाँ फुले पनि त्यहीँ सुवास र सौन्दर्य छर्ने बेहोरा भए पो पार्टी प्रभाव विस्तारित हुन्छ । सूर्य उदाएपछि अँध्यारो भाग्छ तर जुनकिरीले आफ्नै पिँधको अँध्यारो हटाउन सक्तैन । मैले कोसी प्रदेशका उपल्ला तहका नेताहरूलाई म पनि तपाईंहरूलाई खास काममा सहयोग गर्छु भनेर फोन गरेको थिएँ तर आजका दिनसम्म सहयोग लिने त परै जाओस् कुरासम्म भएको छैन । पढेलेखेको मानिस नचाहिएझैँ देखिन्छ । जनमैत्री, स्रष्टामैत्री, कार्यकर्ता मैत्रीजस्ता कुराहरू पाइन्न । पाहुनाजस्तो पार्टीका औपचारिक कार्यक्रममा चिटिक्क परेर अतिथि भयो सुँगा रटाइ भाषण ग¥यो अनि आफ्नै फेसबुकमा त्यसको फोटो हाल्यो, आफैँ मख्ख पर्नुमा सीमित छन् कामहरू ।

चिनेजानेकै कार्यकर्ता, स्रष्टा र बुद्धिजीवीले आफूलाई नमस्ते नगरेसम्म नचिन्ने अभियन्ताहरू धेरै देखिन्छन् । किसानले पनि किसानसित भेट्ता खेती किसानीको कुरा गर्छ तर अधिकांश नेता विभिन्न मोर्चा संगठन र पार्टी समितिका नेता र कार्यकर्तासित उनीहरू सम्बद्ध संस्थाका रचनात्मक काम सोधपुछ नै गर्दैनन् । समस्या भए तिनको समाधानका उपाय बताउँदैनन् । क्षमता र कार्यकुशलता भएको हरनेताले जस्तोसुकै समस्या र जटिलता समाधान गर्ने क्षमता राख्छ । कामले काम सिकिन्छ । तर, विभिन्न कारणले ‘प्रमोट’ गरेर माथिल्लो तहमा पुगेका कतिपय नेतामा पदीय क्षमताको पर्याप्त अभाव देखिन्छ । तिनलाई जहिले पनि खानकै चिन्ता देखिन्छ ।

एकपटक राजनीतिक र राजकीय अवसर पाए पनि अरू क्षमतावान्ले उचित अवसर पाउन् भन्ने चित्त र चिन्तन पटक्क पाइन्न । यस्तै भएर पार्टी कमिटीलगायत विभागहरूले आफ्नो औचित्य र महत्त्व स्थापित गर्न सकेका छैनन् । सुझाव दिँदा त रिसले मुर्मुरिनेहरू सुझावमूलक आलोचना गर्दा सातपुस्ता खेद्न बेर लगाउँदैनन् । अहिले इटहरी उपमहानगरपालिका पार्टी अध्यक्ष याम सुब्बालाई जिल्ला अध्यक्ष र एक केन्द्रीय सदस्य रिसइबी साध्न ज्यान फालेर लागेका छन् ।

नेकपा एमालेका विभागहरूमध्ये भाषा, कला, साहित्य संस्कृति विभाग सर्वाधिक महत्त्वपूर्ण रहेको छ । किनकि यसले समाजको गुणात्मक रूपान्तरण गर्नेजस्तो अत्यन्त अहं सवाल संवहन गर्छ । यो विभाग अमुक साहित्यिक मञ्च र महासंघजस्तो कविता र विचार गोष्ठी मात्रै गर्ने संस्था होइन । तर, काम भने त्यस्तै मात्र भइरहेको छ । यो विभाग त जबजअनुसार अहिलेको परिस्थितिमा तत्काल सांस्कृतिक रूपान्तरण के कसरी गर्नुपर्छ, हाम्रो समाजमा व्याप्त सामन्ती सांस्कृतिक अवशेषहरू के के हुन् ? तिनको कुप्रभाव कहाँ कहाँ के कस्तो रहेको छ भनेर गम्भीर अध्ययन गर्ने विभाग हो । जबजले निर्देश गरेको सांस्कृतिक रूपान्तरणमा कलात्मक हस्तक्षेपको अर्थ र महत्व मातहतलाई बुझाउने काम संस्कृति विभागको हो ।

जबजमा उल्लेख गरिएको सामाजिक कुरीति, अन्धविश्वास र रुढीगत धारणाहरूलाई समाजिक सांस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लाने कुरा गरिएको छ । यस कुरालाई महासंघ सम्बद्ध आमस्रष्टाहरूलाई अथ्र्याउने कुरा नै विशेष काम हो । यस्ता अहं महत्वका तत्कालीन र दीर्घकालीन विषयमा खोज गर्ने र त्यसलाई मातहत संस्थाहरूमा हस्तान्तरण गर्नुपर्ने हो । जबजमा उल्लिखित आन्दोलन भन्नाले भौतिक लडाइँ मात्र होइन यो त बसौँदेखि हाम्रा गिदीमा लिदीसरह जब्बर बनेर जमेर रहेको समग्र पछौटे चिन्तन पखाल्ने कुरा हो । पछौटे चिन्तन र चरित्रग्रस्त जडतालाई भत्काउने खालको बौद्धिक अभियान नै यस सन्दर्भमा आन्दोलन हो ।

यस खालका पछौटे चिन्तन घटाउन र हटाउन अग्रगामी विचारको मनमनमा वीजारोपण गर्नु आन्दोलन हो । यस्ता विषयमा बौद्धिक विलाश मात्र नगरी व्यवहारमा उतार्ने सवाल पनि हो । अहिले धेरैजसो माथिल्लै तहका नेताहरूले बिरालो बाँध्ने खालको व्रतबन्ध, क्रियाकर्म, जन्मोत्सव र श्राद्ध आदि गरिरहेको देख्नुपर्छ । उपर्युक्त संस्कार र संस्कृतिका सकारात्मक पक्षबारे पटक्क जानकारी भएजस्तो लाग्दैन । यस्ता कुरामा गहन अध्ययन र अन्वेषण गरेर सांस्कृतिक रुपान्तरणमा सहयोग पु¥याउनुपर्छ भन्ने जबजको सोच विज्ञजन र विभागले बोध गर्नु प¥यो । निकट विगतमा कोसी प्रदेशको संस्कृति विभाग प्रमुख हुँदा यस विषयमा गहन काम गर्न मैले धेरै प्रयत्न गरेँ, तर विषयबोध गर्ने नेतृत्वका अभावमा काम अगाडि बढ्नै सकेन ।

कम्तीमा संस्कार र संस्कृतिसम्बन्धी तिनमा निहित जीवनोपयोगी नवीन तथ्य जनसमक्ष लिखित र मौखिक रूपमा प्रवाह रूपान्तरणको काम सुरु हुन्थ्यो । संस्कारसम्बन्धी पुरानै परम्परामा नवीन पक्ष आबद्ध गरेर ओझेल परेका र पारिएका समाजोपयोगी समग्र सत्य, तथ्य र वास्तविकता उजागर हुन्थ्यो । जननेता मदन भण्डारी धार्मिक, सांस्कृतिक, शैक्षिक साहित्यिक आदि विभिन्न विधा र विषय तथा विभिन्न उमेर समूहका व्यक्तिहरूलाई प्रभावित पार्ने क्षमताको ह्ुनुहुन्थ्यो र बाम आन्दोलनमा आमजनतालाई आबद्ध गराउन सफल हुनुहुन्थ्यो । पार्टी अध्यक्ष ओलीले नै पनि कराग्रे वसते लक्ष्मीको नवीन वस्तुपरक व्याख्या गर्नुभयो । उहाँले सर्वे भवन्तु सुखिनः जस्ता धार्मिक सांस्कतिक सूक्ति र उक्तिलाई राजनीतिक क्षेत्रमा उपयोग गर्ने कुरा गर्नुभएको थियो ।

जननेता मदन भण्डारीले वैदिक सनातनलगायत संस्कार र संस्कृतिका अनेकौँ महत्त्वपूर्ण पक्षहरूको जगेर्ना गर्ने कुरा गर्नुहुन्थ्यो र उहाँले तिनमा निहित कैयौँ विकृतिलाई कलात्मक हस्तक्षेपमार्फत् निष्प्रभावी पार्न सकिने कुरा पनि उल्लेख गर्नुभएको छ । जबज भनेको राजनीतिक सत्ता र सरकार केन्द्रित दस्तावेज मात्र होइन, यो सांस्कृतिक रूपान्तरणसित घनिष्ट रूपमा जोडिएको अनमोल सिद्धान्त हो भन्ने कुरा एमाले संस्कृति विभागले नै नबुझेपछि के गर्नु ?

त्यसैले वैदिक सनातन वा हिन्दू, बौद्ध र किरात धर्मभित्र नै मानव समाजलाई सभ्य र भव्य बनाउने पक्षहरू छन्, तर त्यहीँ चरम रुढीवादी चिन्तन र चरित्र पनि विद्यमान छन् । यस्ता सकार र नकारका मान्यताहरूको चर्चा गरेर भण्डारी धार्मिक जनताका बीच छलफल चलाउनुहुन्थ्यो । उहाँ धार्मिक संस्कार र संस्कृतिका सकारात्मक पक्ष उल्लेख गरेर चित्तबुझ्दो गरी सम्झाउनुहुन्थ्यो । यसरी हरेक तह, तप्का र उमेर समूहका मानिसलाई रूपान्तरित गर्नुहुन्थ्यो । किनभने उहाँमा समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयमा पर्याप्त ज्ञान थियो । अनि पो पार्टी नेता र कार्यकर्तामा समाजलाई गुणात्मक रूपान्तरण गर्ने विषयको राम्ररी बोध हुन्छ ।

विगत कालमा गरिएका धर्म, संस्कार र संस्कृतिको गरिएको उल्टा व्याख्या सुल्ट्याउने हो भने त्यो समाज रूपान्तरणको महत्त्वपूर्ण महान् विषय र सामग्री बन्ने देखिन्छ । किन भने धर्म र धार्मिक समारोहमा आमजनताको व्यापकतम उपस्थिति हुन्छ । धर्मका नाममा दान दिने मात्र होइन सर्वस्व अर्पण गर्ने पनि मनग्गे हुन्छन् । तिनलाई धर्म र संस्कृतिका समाज उपयोगी र जीवन पक्षहरू राम्ररी बुझाउने हो भने त्यसले समाजको अग्रगमनमा साथ नै दिन्छ । माक्र्सले भौतिकवादको सुल्टो व्यख्या र विश्लेषण गरेर माक्र्सवादको प्रतिपादन गरेकाले भुलेभड्के विश्व समाजलाई उनले माक्र्सवादी बनाए । यति कुरा पनि नबुझेर पार्टी र विभागहरू बिलखबन्दमा परेको देख्दा सरम लाग्छ ।

पार्टी केन्द्रीय सदस्य खगेन्द्र राई यस विभागको प्रमुख हुँदा केही महत्वपूर्ण वैचारिक सांस्कृतिक गहन कार्यपत्र तयार भएका थिए । पार्टी र विभागमा आबद्ध सबैलाई परिभाषित कामको जिम्मा दिने र अनुगमन गरी काम गर्नै पर्ने अवस्था सिर्जना गरे काम धेरै उठ्ने थियो । तर, जानेर हो कि नजानेर हो कामको मेलो पटक्क सरेको देखिन्न । कोसी प्रदेश फाउन्डेसनकी सदस्य मिथिला पोखरेलले खास कामको आफूलाई जिम्मा दिन माग गरेको एक वर्ष भयो तर पाउनुभएको छैन । सिर्जनात्मक, वैचारिक र सांगठनिक काम गर्न जान्ने हो भने पार्टी र हर मोर्चा प्रदेश र देशव्यापी बन्छन् र देश एमालेमय बन्छ । गठन, पुनर्गठन, सम्मेलन र अधिवेशनमा मात्र सीमित भएपछि डेगिलो काम केही हुँदैन ।

केही दिनअघि पार्टी अध्यक्ष ओलीले एमाले नेताहरूलाई लक्षित गरी व्यक्त गर्नुभएका विचारबाट अहिलेको दयनीय दृश्य उजागर हुन्छ । उहाँका अभिव्यक्तिबाट पार्टीमा महागुरु भए गुरु जन्मिन्छन् गुरु भए ज्ञान पाउँछन् तर नाम मात्रका गुरुबाट कसैले केही सिक्नेवाला छैन । सबै मूर्ख हुन्छन् ।

यहाँ आफू नजान्ने अनि भनेको पनि नमान्ने चिन्तनले रूपान्तरणको काम एक पाइलो अघि बढेको छैन । यससम्बन्धी अध्ययन र चिन्तन नै पहिलो काम हो । यसका आधारमा रूपान्तरणसम्बन्धी अध्ययन सामग्री तयार पार्न ध्यान दिनु विभागको सर्वोपरि महत्वपूर्ण काम हो । पार्टी, विभाग तथा मोर्चा संगठनहरू सांस्कृतिक रूपान्तरणको सोच हुनुपर्ने हो । यस विषयमा केही नै नगरी हामी कसरी रूपान्तरित हुन्छौँ ? सतिसालझैँ खडा हुने जनाधार तयार गर्न पटक्क ध्यान नदिई आयाराम र गयारामकै भरमा पर्ने हो भने कुनै पनि घोषित लक्ष्य हासिल हुन सक्तैन । यस्ता विषयमा राम्ररी ध्यान नदिई मिसन ८४ सफल बनाउन सकिन्न । लागेपछि त भित्री मनदेखि नै लाग्नुपर्ने होइन र ?

प्रतिक्रिया