किन हुन्छ पृथ्वीको समयमा घटबढ ?

लन्डन । जलवायु परिवर्तनले अहिले विश्वमै व्यापक असर परिसकेको छ । पछिल्लो अध्ययनले एउटा नयाँ र आश्चर्यजनक सम्भावना औँल्याएको छ । सो अध्ययनका अनुसार जलवायु परिवर्तनले पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिलाई समेत असर गर्नेछ । यसले अहिलेको समयलाई समेत प्रभाव पार्नेछ ।

अन्टार्कटिका र ग्रिनल्यान्डमा तीव्र गतिमा हिउँ पग्लिन थालेपछि समुद्रमा अतिरिक्त प्रभाव पर्नुका साथै नयाँ तौल निर्माणको काम गर्नेछ । सो तौल निर्माणपछि पृथ्वीको गतिलाई असर पार्नेछ भने अन्य ग्रहको गति यथावत् रहनेछ । यसले संसारको समय मापन गर्नेहरूलाई नै असर गर्न सक्नेछ । केही सेकेन्डको असर अहिले पर्न थालिसकेको छ ।

नेचर जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार अहिले नै समयमा फरक आइसकेको छ । अहिले संसारभर नै कोअर्डिनेटेड युनिभर्सल टाइमका आधारमा समय निर्धारण हुने गरेको छ । पृथ्वीको गति नियमित नभएका कारण यसले समयचक्रलाई नै असर गर्न सक्ने बताइएको छ ।
पृथ्वीको कोर तरलमा असर गर्नुको मतलब पृथ्वी आफैँ घुम्ने गति भने बढ्नेछ । सन् १९७८ यता विश्व घडीमा २७ ‘लिप सेकेन्ड’ थपिएको छ । समय राख्नेहरूले पहिलो पटक सन् २०२६ मा समय घटाउने योजना बनाएका छन् । यसलाई ‘नेगेटिभ लिप सेकेन्ड’ भन्ने गरिन्छ ।
एक अध्ययन र पछिल्लो समयको गणनाअनुसार भने सन् २०२९ भन्दा पछि नेगेटिभ लिप सेकेन्डको आवश्यकता नपर्न पनि सक्छ । ‘पृथ्वी कति छिटो घुमिरहेको छ भन्ने कुरामा अझ धेरै गणना गर्न बाँकी छ,’ डुनाकन एग्न्युले भने ।

यो ‘नेगेटिभ लिप सेकेन्ड’ विगतमा कहिले पनि उपयोग भएको थिएन । यो लागू भएपछि अहिले संसारमा रहेको कम्प्युटर सिस्टममा पनि प्रभाव पर्न सक्नेछ । त्यसको पनि गणना हुन बाँकी छ । लिप सेकेन्डका आधारमा तयार भएका धेरै कम्प्युटर प्रोग्रामका अनुसार ती सबै धनात्मक छन् । त्यसकारण यसको पुनर्लेखन आवश्यक भएको क्यालिफोर्निया विश्व विद्यालयको अनुसन्धानकर्ता एग्न्यु बताउँछन् । युएस नाभल अनुसन्धानमा कार्यरत मुख्य वैज्ञानिक डेमेट्रोइस माट्साकिस कुनै पनि बेला समय पुनर्लेखन आवश्यक भएको बताउँछन् । मानिसहरूको खराब गतिविधि र जीवाश्म इन्धनको उपयोगका कारण अहिले तापक्रममा वृद्धि भइरहेको छ । यसको असर नै समयचक्रमा पनि देखिएको हो ।

प्रतिक्रिया