एसइई टिप्स

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ । यसप्रकार एसइई प्रत्यक्ष रूपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो ।

बाबुकाजी कार्की

वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भनि परिभाषित छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसइईमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।

१९९० सालदेखि एसएलसीको रूपमा लिइँदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । १९९८ सालमा सबैभन्दा बढी ७७ दशमलव ७८ प्रतिशत र २०३८ सालमा सबैभन्दा घटी १६ दशमलव ६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगत परीक्षाको विषयगत औसत प्राप्तांक हेर्दा अंग्रेजीमा सबैभन्दा घटी ३३ दशमलव २४ र सबैभन्दा बढी सामाजिकमा ४८ दशमलव शून्य ४ उत्तीर्ण भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? सतप्रतिशत उपलब्धीस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाज लगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न बिलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भीर चिन्ताको विषय हो ।

यसवर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) यही १५ चैतबाट बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ । चैत २७ गते सकिने यस परीक्षामा करीब ४ लाख ८९ हजार ४४४ परीक्षार्थी सम्मिलित छन् । यसवर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङ आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी ननग्रेडिङ आएमा अर्को वर्षसम्म पर्खेर ती विषयको परीक्षा दिनेछन् । यसघि सैद्धान्तिक र प्रयोगात्क अंक जोडेर ३५ प्रतिशत ल्याए ग्रेडमा गणना हुन्थ्यो ।

विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमूखि बनाउन निम्न टिप्सहरूले टेवा पु¥याउन सक्छन् । परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहरविहार र सहज परिश्रमको प्रति विशेष ध्यान दिनुपर्दछ । एसइईलाई हाउगुजीको रूपमा नलिई सहज रूपमा आत्मसात गरेर सकरात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्दछ । मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचेजस्तो जाँच दिन पनि सकिन्न । अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।

यसैगरी कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिँदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिक रूपमा नियमित अध्ययन गर्ने । सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने । यस वर्षको नमुना प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले वेबसाइटमा राखेको छ । यी प्रश्नपत्रहरू लगायत विगतका प्रश्नहरूको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न । परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलकासाथ परीक्षाहलमा प्रवेश गर्नुपर्दछ । विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नुपर्दछ । परीक्षा केन्द्रको बस्तुस्थिति र दुरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।

प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरू परीक्षा सुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ । उत्तर लेख्दा प्रत्येक प्रश्नका लागि छुट्याइएको अंकभार ख्यालगरी उत्तर लेख्नका लागि समय व्यवस्थापन गर्नुपर्छ । प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मैलिकता झल्किने गरी बँुदागतरूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ । सबै प्रश्नका उत्तरहरू लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरूलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसइईलाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ । यसमानेमा एसइई अभिभावकका लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यथार्थता हो । किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र बिस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसइई ।

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ । यसप्रकार एसइई प्रत्यक्ष रूपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्तांक र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसइई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायतको पनि परीक्षा हो ।

प्रतिक्रिया