कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा

नेपालगञ्ज । कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शर्माले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका हुन् । यसअघि विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्माले निरन्तरको केन्द्रको दबाबपछि राजीनामा दिएका हुन् ।

उनको राजीनामासँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि समय तोकेर आह्‍वान गर्नेछन् । त्यसलगत्तै नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्‍यमन्त्रीमा दाबी पेस गर्ने बताइएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया