ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण भएको क्षतिको विवरण आउन सुरु भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार भूकम्पमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ । भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया