पत्रकार कुर्मशोभालाई थप जेल सजाय

मस्को । ‘झूटो जानकारी’ फैलाएको आरोपमा पक्राउ परेका अमेरिकी–रूसी पत्रकार अल्सु कुर्मशेभाको परीक्षणपूर्वको हिरासतमा ५ जुन सम्मका लागि म्याद थप गरेको छ ।
आरोप प्रमाणित भएमा कुर्मशेभाले कम्तीमा १५ वर्षको जेल सजाय हुनसक्छ । संयुक्त राज्य अमेरिकाद्वारा अनुदान प्राप्त रेडियो फ्री युरोपर रेडियो लिबर्टी (आरएफईरआरएल) का पत्रकार कुर्मशेभालाई गत वर्ष ‘विदेशी एजेन्ट’ को रूपमा आफूलाई दर्ता नगरेको भन्दै पक्राउ गरिएको थियो ।

आरएफई÷आरएलका अनुसार उनलाई नयाँ सेन्सरसिप कानुनअन्तर्गत युक्रेनमा रूसको सैन्य आक्रमणसम्बन्धी झूटा जानकारी फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

सन् २०२२ मा कुर्मशेभाले युक्रेनविरुद्ध मस्कोको अभियानको विरोध गर्ने रूसीहरूको अन्तर्वार्ता र कथा संग्रह ‘सेयिग नो टु वार’ शीर्षकको पुस्तक सम्पादन गरेका थिए ।
‘अमेरिकी राहदानी भएको कारणले मात्र हिरासतमा राखिएको भन्दै आरएफई÷आरएलले सोमबार उनको कैदलाई ‘अपमानजनक’ बताएको हो ।

‘कुर्मशेभाविरुद्ध लगाइएको आरोप निराधार छन् । यो कानुनी प्रक्रिया होइन, यो एक राजनीतिक षड्यन्त्र हो, कुर्मशेभा र उहाँको परिवारले यसको अनुचित मूल्य तिरिरहेका छन्, रूसले यो षड्यन्त्रको अन्त्य गर्नुपर्छ र तुरुन्तै उहाँलाई बिनासर्त रिहा गर्नुपर्छ’, आरएफई÷आरएलका प्रमुख स्टिफन क्यापसले भने ।

श्रीमान् र दुई छोराछोरीसँग प्रागमा बस्दै आएकी कुर्माशेभा गत जुनमा रूस आएपछि उनको अमेरिकी र रूसी राहदानी जफत गरिएको थियो । राहदानी फिर्ताको पर्खाइमा रहेकोको कुर्माशेभालाई अक्टोबरमा ‘विदेशी एजेन्ट’ को रूपमा आफूलाई दर्ता गर्न असफल भएको भन्दै पक्राउ गरिएको हो ।

सो आरोपमा पाँच वर्षसम्म जेल सजाय हुने र ‘झूटा सूचना’ फैलाउने सम्बन्धमा अधिकतम १५ वर्षको सजाय हुने प्रावधान रहेको छ । युक्रेनमा मस्कोको सैन्य आक्रमण सुरु भएयता रूसमा गिरफ्तार हुने कुर्माशेभा दोस्रो अमेरिकी पत्रकार हुन् ।

वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचले जासुसीको आरोपमा मस्कोमा एक वर्षभन्दा बढी जेलमा बिताइरहेका छन् । सो मुद्दामा अधिकतम २० वर्षको जेल सजाय हुने प्रावधान रहेको छ ।
कुर्माशेभाका वकिलहरूले उनलाई जेलबाट रिहा गर्न र मुद्दाको सुनुवाइ नहुँदासम्म घरमै नजरबन्दमा राख्न आह्वान गरेका थिए तर उक्त आह्वान सदर गरिएन ।
अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘कुर्माशेभाको गिरफ्तारी रूसी सरकारले अमेरिकी नागरिकहरूलाई उत्पीडन गरेको अर्को घटनाजस्तो देखिन्छ ।’

प्रतिक्रिया