घरज्वाइँ’ मा दयाहाङ र मिरुना

काठमाडौं । मगर संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘घरज्वाइँ’ को पहिलो पोस्टर आइतबार सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको चलचित्रका दुई डिजाइनका पोस्टरमध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । पोस्टरमा प्रस्तुत गरिएको चरित्रबाट चलचित्रको विषय अनुमान लगाउन मद्दत मिलेको छ ।

पूर्वी रुकुम आसपासका क्षेत्रमा करिब एक महिना छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा, संवादमा भने उनले विनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् । जिएम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् । चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत एवं रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भण्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो । एमएसएम, अस्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । चलचित्रलाई नेपाल वितरण आरआर फिल्मस्ले गर्दैछ । आगामी असार २८ गतेदेखि प्रदर्शन हुने ‘घरज्वाइँ’ मा अभिनेता दयाहाङ र अभिनेत्री मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न ।

प्रतिक्रिया