पत्रकार महासंघको अभियानमा साथीको ऐक्यवद्धता

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारीका लागि पर्यटन प्रवद्र्धन अभियानमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले ऐक्यबद्धता जनाएको छ ।

६७औँ राष्ट्रिय सहकारी दिवशको अवसरमा चैत २० गते ‘पत्रकारसँग साथी’ कार्यक्रमअन्तर्गत शुभकामना आदाप्रदान साथै पत्रकार महासंघले सञ्चालन गरेको पर्यटन प्रवद्र्धन अभियानलाई सफल बनाउन आन्तरिक पर्यटन प्रवद्र्धन वृद्धिका लागि छलफल र आन्तरिक भ्रमणको कार्यक्रमसमेत गरिने सहकारीका अध्यक्ष प्रकाश भुसालले बताए ।

अध्यक्ष प्रकाश भुसालका अनुुसार पत्रकार महासंघको अभियानलाई पूर्ण साथ सहयोग र समर्थन गर्दै सहकारी दिवसका दिन विभिन्न कार्यक्रम साथै आमागी चैत २४ गते आन्तरिक पर्यटनका लागि मालारानीको मालारानी मन्दिर, सन्धिखर्क–११ को रक गार्डेन, बलकोट पौवा, मथुराधाम लगायतका जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको बताए ।
साथी बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उद्योग, बिक्री केन्द्रको अवस्था तथा सहकारीमार्फत उत्पादन, उद्यमशीलताको बिकासको चुनौती र सम्भावना बारेसमेत व्यापक छलफल गरी थप व्यवस्थित बनाई अगाडि बढ्न लागिएको बहुउद्देश्यीयका अध्यक्ष कृष्ण भुसालले बताए ।

साथी सहकारीले चैत २० गते नै पत्रकारसँग पर्यटन विषयमा अन्तरक्रिया, सदस्यहरूबीच शुभकामना आदानप्रदान, भित्तेपात्रो सार्वजनिक, उपसमिति घोषणा एवं प्रमाणपत्र वितरण लगायतका कार्यक्रम तय गरिएको व्यवस्थापक बसन्ता गुरुङले बताइन् । साथी सहकारीले हाम्रो अभियानलाई निरन्तर रूपमा सहयोग गर्दै आएको छ साथी सहकारी जस्तै सबै सहकारी र अन्य संघसंस्थाहरूले पनि पर्यटन प्रवद्र्धन र जिल्लाको आर्थिक विकासका लागि यसै गरी योजना बनाई अगाडि बढ्नुपर्ने पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले बताए । जिल्लामा सहकारी क्षेत्रमा आफ्नो फरक पहिचाहन बनाउन सफल साथी सहकारीले उद्यमशीलता र रोजगारी सिर्जना गर्ने नमुना कामहरू गर्दै आएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया