उपनिर्वाचनको लागि बझाङमा माओवादीबाट जनक बुढा उम्मेदवार सिफारिस

बझाङ । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी वैसाख १५ गते हुने उपनिर्वाचनको लागि बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र (१) का लागी जनक बुढाको नाम उम्मेदवार सिफारिस गरेको छ ।

आइतबार बसेको नेकपा माओवादी केन्द्र बझाङ जिल्ला ईञ्चार्ज देवराज जोशी (विद्रोही) को अध्यक्षतामा वसेको बैठकले सुदूूरपश्चिम प्रदेश कमिटी सचिव बुढाको नाम अघि सारेको हो ।

उक्त निर्वाचन क्षेत्रमा अहिलेसम्म नेकपा एमालेबाट दमन भण्डारी र नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यस्तै नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ । माओवादीले अघि सारेका बुढा संविधानसभा सदस्य समेत रहिसकेका छन् । उनले पार्टीले आफ्नो नाम सर्वसम्मत सिफारिस गरेको बताए ।उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ ।

प्रतिक्रिया