बझाङ । बझाङको खप्तडछान्ना गाँउपालिका –७ की पूजा सिंह अहिले उमेरले १४ वर्षकी भइन् । सुरु–सुरुमा घरका सदस्यहरुबाहेक गाँउकामा गाँउका मानीसहरु र गाँउमा कुनै कार्यक्रमको आयोजना हुँदा वा विद्यालयमा कुनै कार्यक्रम हुँदा बोल्न डराउने पूजा अहिले खुलेरै बोल्न सक्ने भएकी छन् ।
‘सुरु–सुरुमा बोल्न डर लाग्थ्यो अहिले लाग्दैन, गरिमा परियोजनाले हामीलाई धेरै कुरा सिकाएको छ, महिनावारी (छाउ) हुँदा घरभन्दा टाढा बस्थ्यौँ, दही, दूध, घिउलगायत खाने गरेका थिएनौँ, अहिले घर परिवारहरुले पनि दिने गरेका छन्,’ उनले भनिन् ।
पूजाले थपिन्, ‘हामी विद्याल छुट्टी भएपछि बाटोमा हिँड्दै गरेका थियौँ, हामीसँगै बाटोमा तीन जना नौला मान्छे आएका थिए, बाटोमा सामान्य कुराकानी भयो, पछि मेरै गाँउका मेरै उमेरका साथीहरुलाई एकै ठाँउमा भेला हुन भने, हामी करिब १०–११ जना जति एकै ठाँउमा भेला भयौँ र आ–आफ्नो परिचय दियौँ, सर म्यामले पनि आफ्नो परिचय दिएपछि सर म्याम त हाम्रो पालिकामा लागु भएको गरिमा परियोजनाबाट गाँउमा आएका रहेछन् भन्ने थाहा भयो, उहाँहरुले हामीलाई महिनावारी हुँदा के–के गर्ने, यसलाई कसरी व्यवस्थित बनाउने र पोषणका विषयमा बुझाउनुभयो, हामी सबै साथीहरु चुपचाप सुनेर बस्यौँ, महिनावारीसमन्धी धेरै कुराहरु सिक्यौँ, पछि सर म्यामले हामीलाई तपाइँहरु यहीभित्रका मिलेर किशोरी क्लव गठन गर्नुपर्छ, महिनावारीलाई व्यवस्थित बनाउन तपाईँ हामी मिलेर पहल गर्नुपर्छ भनेर आग्रह गर्नुभयो, म किशोरी क्लवको अध्यक्ष भएँ, गरिमा परियोजनाका सर म्याम महिनाको एक–दुई पटक गाँउमा आउनुहुन्छ, गाँउमा आमा समूह, सासु समूह र हामीलाई पनि व्यवस्थीत महिनावारीलगायत पोषणका कुरा गर्नुहुन्छ, तालिम तथा गोष्टीमा बोलाउनुहुन्छ ।’
उनी पहिला दुई–चार जना मान्छेहरु भएको ठाँउमा खुलेर बोल्न सक्ने थिइनन् । तालिम तथा गोष्टीमा सहभागी भएपछि आफूलाई मनमा लागेका कुरा बोल्न सिकाएको उनले सुनाइन् । आफ किशोरी क्लवको अध्यक्ष भएपछि गाँउलेहरुकै पहलमा गाँउमा रहेका छाउगोठहरु भत्काएर गाँउका मानीसहरुलाई समेत महिनावारी भएको बेला सेनेटरी प्याड लगाउन, दही–दूध खाँदा केही फरक नपर्ने कुराहरु सिकाएको पूजालुे बताइन् ।
आजभोलि गाँउमा सबै महिलाहरु महिनावारी हुँदा घरमा बस्नेदेखि सेनेटरी प्याड लगाउने गरेका र अहिले पहिलाको भन्दा धेरै फरक भएको उनले सुनाइन् । पहिला महिनावारी हुँदा विद्यालयबाट भागेर आउने र महिनावारी भएको छु भन्दा पनि लाज लाग्ने गरेको अनुभव सुनाउँदै पूजाले महिनावारी हुने बेला झोलामा प्याड बोक्ने र महिनावारी भएको छु भन्दा आफूलाई लाजै नलाग्ने उनले सुनाइन् ।
‘पहिला हामीलेले आफैँलाई कमजोर सोच्ने गरेका रहेछौँ, हाम्रो समाजमा अर्काको कुरा काट्ने चलन धेरै रहेछ, गाँउका केही लेखेपढेका शिक्षित व्यक्तिहरु पनि समाजको डरले बोल्न डराउने रहेछन्, मेरो गाँउमा महिनावारी भएको बेला कतिले कुरा बुझेर पनि बुझपचाएका विभेद गरेका रहेछन्’, पूजाले भनिन् ।
त्यसैगरी गुरैल किशोरी क्लवकी अध्यक्ष अनिता थापाले गरिमा परियोजनाले गाँउठाउका महिलाहरुको केही हदसम्म आँखा खोलिदिएको रगरिमा परियोजना लागु भएपछि विद्यालय जान पनि सहज हुनुदेखि घरका गाँउका आफन्तहरुलाई समेत सम्झाउन सहज भएको बताइन् ।
बझाङको खप्तडछान्ना गाँउपालिका– ६ र ७ मा ग्रीन तारा नेपाल, ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रले दुई वर्ष पहिलेदेखि नै समुदायस्तरमा व्यवस्थित महिनवारी प्रजनन र महिलाहरुको सम्पूर्ण विकासमा अवरोधको रुपमा रहेको कुसंस्कार हटाउन धामी–पूजारी र महिलाहरु नै जागरुक हुन थालेको गरिमा परियोजना फिल्ड व्यावस्थापक विक्रम जोशीले बताए । व्यावस्थापक जोशीले यसअघि महिनावारी नबार्ने महिलाहरुलाई पटक–पटक सम्मानित गर्ने गरेको समेत बताए ।
बझाङ
प्रतिक्रिया