घर निर्माणमा स्किल सेवाको परामर्श

काठमाडौं । स्किल सेवाले विगत ६ वर्षदेखि घर निर्माण लागत सम्बन्धी निःशुल्क परामर्श दिइरहेको छ ।

कम्पनीका अनुसार घर निर्माण गर्दा खर्च कम गर्ने आठ उयायहरुको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने बारे सिकाउने छ । साथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निर्माण योजना, निर्माण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप–बाइ–स्टेप बताउने कम्पनीले जनाएको छ ।

घर निर्माण पूर्व मात्रै एक घण्टा खर्च गरी यस्ता परामर्श लिने हो भने सामान्य घर निर्माणमा समेत दश लाख भन्दा बढी बचत गर्न सकिने कम्पनीको दाबी छ । यस्तो किसिमको विषयवस्तुमा आधारित यो कार्यक्रम सर्वसाधरणलाई फलदायक हुने बताइएको छ ।

प्रतिक्रिया