आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस

काठमाडौं । आइएमई पे ले मनीग्राममार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० बाट सुरू भएको सो अफर दुई महिनासम्म रहने कम्पनीको भनाइ छ ।

यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनीग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनस पाउन सक्नेछन् । मनी ग्रामबाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत् पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने पनि उल्लेख छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया