धनगढीका मेयर हमालकी छोरी आरती सम्पर्कमा

काठमाडाैं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमबारदेखि भारतको गोवाबाट सम्पर्कविहीन भएकी आरती हमाल परिवारको सम्पर्कमा आएकी हुन् । मेयर हमालले आफ्नी छोरी सकुशल भेटिएको जानकारी दिएका छन् । यद्यपि उनको स्वास्थ्य भने कमजोर रहेको हमालले उल्लेख गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्वीरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् ।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए । आरती ओशो साधक हुन् । परिवारका अनुसार ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया