बालगुरु आदित्यको शक्ति , विज्ञान क्षेत्रलाई चुनौती : पूर्वप्रम ओली

काभ्रे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ॐ आदि बालगुरुको पनि गुरु को हुन् ? भन्ने कुरा पत्ता लगाउन विज्ञान क्षेत्रलाई चुनौती रहेको बताएका छन् । काभ्रेको पनौतीस्थित तेस्रो आदित्य मोक्षधामको आयोजित काव्य गोष्ठीलाई सम्बोधन गर्दै ओलीले मानव जीवनमा ज्ञानको स्रोत वा गुरू केही वा कुनै न कुनै हुने भन्दै गुरू आदित्यको ज्ञानको स्रोतबारे अति आश्चर्य रहने अलौकिक शक्ति रहेको र सो बारे खोजी गर्नुपर्ने चुनौती विज्ञान क्षेत्रलाई रहेको बताएका हुन् ।

उनले हरेक जीव र जगतका अझ मानिसमा ज्ञानका लागि गुरु वा स्रोत चाहिन्छ बिनास्रोतको ज्ञान सम्भव हुँदैन । वहाँको गुरु र ज्ञानको स्रोत के हो ? यो प्रश्न आजको विज्ञानलाई खोजीमा चुनौतीको रूपमा रहेको बताएका छन् । ओलीले बालगुरुले बाटोमा भेट्दै गर्दा एक किताबमा लेखिएको भाषाको प्रशंसा गर्दै ओलीले त्यस किताबमा आदित्य गुरुले किताबको पहिलो पानामा ‘यो किताब दराजमा थन्क्याउने होइन तपाईंको मस्तिष्कमा राख्ने हो’ लेखिएको कुराले आफूलाई छोएको बताए ।

ओलीले गुरुबिनाको मान्छे नहुने भन्दै आदित्यको गुरु को हुन् ? विज्ञानको लागि यो विषय खोजीको हुने र खोज गर्न आवश्यक रहेको बताए । ओलीले बालगुरुमा केही शारीरिक अशक्तता छ, मस्तिष्क, आँखा, ज्ञान प्राप्त गर्ने माध्यम छैन ! बालक सधैँ स्कुल नगई विभिन्न भाषामा लेखेका वहाँका हरेक भनाइहरू गुरु वचनको रूपमा छन् । आश्चर्य यो हो कि यो अलौकिक क्षमता कहाँबाट आयो ? विद्वानहरूको स्तरमा लेखिएका वहाँका शब्द चयन अति उत्कृष्ट र महत्वपूर्ण छ । वैज्ञानिकहरूले खोज अनुसन्धान गर्नु जरुरी छ । वहाँबारे धेरै कुरा जान्न वहाँको विचार र वाणी पर्याप्त भएको भन्दै वहाँको सुविचार राम्राबाहेक नराम्रा कुरा, चित्रमा शान्ति सुख, चिन्तन र अभिव्यक्ति मानव हितका लागि अत्यन्तै उत्कृष्ट रहेको बताए । ओलीले आदित्यको सुस्वास्थ्यको कामना गर्दै विज्ञान क्षेत्रले बालगुरु आदित्यबारे खोजी गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा क्याप्टेन रामेश्वर थापाले मन्तव्य राख्दै विश्वको आठौँ आश्चर्यको रूपमा परिकल्पित र सिर्जना भएको गुरु आदित्यबाट भएको १०८ वटा संरचना सो मोक्ष धामको क्षेत्रमा बन्दै गरेको सुनाए । अहिले एउटा स्तम्भ बन्दै गरेको र सो स्तम्भ निर्माणमा पनि गुरु आदित्यबाट सिक्दै बन्दै गरेको र ८० प्रतिशत काम सकिएको बताउँदै मोक्षधाम आएर सुझाव दिन अपिल गर्दै यस क्षेत्रको उच्चस्तरीय मानववस्तीको रूपमा विकास गर्न सहयोग गर्न उनले अपीलसमेत गरेका छन् ।

कार्यक्रममा प्रदीप ज्ञवालीले एक्लो परेवा शीर्षकको कविता वाचन गरेका थिए । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री शंकर पोखरेल, पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, लगायतको उपस्थिति रहेको थियो । गोष्ठीमा सहभागी रहेका वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको जरामा जीवन वृत्तिलाई ५२ वटा कला संयोजनलाई प्रदर्शन गरिएको थियो । उनको जरामा जीवन र अर्थ खोज्ने कलालाई पूर्व प्रमओलीलगायत उपस्थित अतिथिहरूले अवलोकन गरेका थिए । कार्यक्रममा तीन दर्जन कवि तथा साहित्यकारले विभिन्न शीर्षकमा कविता तथा आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया