केजरीवालको गिरफ्तारीले निर्वाचनमा असर

नयाँ दिल्ली । सामाजिक अभियन्ता अन्ना हजारेले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी उनको आफ्नै कारणले भएको प्रतिक्रिया दिएका छन् । राजनीतिक तरलता र यस भित्रको विकृतिको विरुद्धमा आवाज उठाई हेका केजरीवाल आफै राजनीतिक दृश्यबाट टाढा भएकोमा उनको आपत्ति छ । लिक्वीर नीतिको विरुद्धमा आवाज उठाउने केजरीवाल यसै कारण जेल चलान हुनु साँच्चै दुखद रहेको उनले बताए । ‘मसँग मिलेर राजनीतिमा रहेको विकृतिको विरुद्धमा आवाज उठाइरहेका केजरीवाल आफै विकृतिमा समावेश भए पछि ओरालो यात्राको लक्षण देखिएको छ । उनको काम उनको आफ्नो कार्यहरूले गर्दा भएको हो’ केजरीवालले भने ।

केजरीवालालई दिल्लीमै प्रवर्तन निर्देशनालयको टोलीले उनलाई गिरफ्तार गरेको हो । अन्तःशुल्क नीति अन्तरगत उनलाई गिरफ्तार गरिएको हो । उनको गिरफ्तारी पछि आम आदमी पार्टीले प्रदर्शन गर्दै जेल भित्रबाट नै सरकार चलाउने जनाएको छ । केजरीवालको गिरफ्तारी पछि आम आदमी पार्टीले सर्वोच्च अदालतमा पुनरावेदन गरे पछि तत्कालै यसलाई फिर्ता लिएको थियो । यस अघि नै यसको सुनुवाइका लागि तिन न्यायाधीश तयार पारिएका थिए ।
सन् २०११ मा अन्ना हजारेले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान लोकपाल अभियानमा केजरीवाल समावेश थिए । त्यस पछि उनले राजनीतिक दल स्थापना गरेका हुन् । सोही दलको स्थापनासँगै उनले निर्वाचनमा सहभागिता जनाएका थिए ।

‘लिक्वेर पोलिसि ’ सन् २०२१ को नोभेम्बरमा लागु भएको हो । लिक्वीर स्टोरहरूलाई लाइसेन्स दिनका लागि यो नीति लागु भएको हो । दिल्लीका मुख्य सचिव नरेश कुमारले सन् २०२२ को जुलाईमै यसको विरुद्धमा आवाज उठाएका थिए ।

त्यस पछि नै उनको बारे चासो बढी रहेको थियो । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको ‘लिक्वीर पोलिसि’ लाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धन(इन्डिया)लाई धक्का पुग्ने अनुमान गरिएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औँ चुनाव हुँदै छ । केजरीवालको आम आदमी पार्टी काँग्रेस नेतृत्वको गठबन्धन इन्डियामा आबद्ध छ ।

दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् ।  झार खण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

प्रवर्तन निर्देशनालयले केजरीवाललाई भने बारम्बार बयानका लागि बोलाएको थियो । एक दिनअगाडि मात्रै केजरीवाललाई १० औँ पटक बोलाइएको थियो । केजरीवाल निर्देशनालयको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए । तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि निर्देशनालयका अधिकारीहरू बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

सन् २०२१ को सो नीति अघि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो । यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो ।

निर्देशनालयले सोही प्रकरणको छानबिन गर्दै आएको थियो । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई निर्देशनालयले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन् । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परेका थिए । मदिरासम्बन्धी नीति घोटालाबाहेक केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोपमा सोधपुछ गरिरहेको छ ।

मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले भने सो कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

सन् २०१३ देखि तीन वटा चुनाव जितेर केजरीवाल लगातार दिल्लीको मुख्यमन्त्री छन् । यस अघि उनले भ्रष्टाचार विरोधी चेहराका रूपमा परिचय बनाएका थिए । केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले दिल्लीपछि पन्जाब राज्यको विधान सभा चुनाव अत्यधिक बहुमतले जितेर सरकार चलाइरहेको छ । आपले छोटो अवधिमा राष्ट्रिय पार्टीको दर्जा पनि पाइसकेको छ ।

यो गिरफ्तारीले इन्डिया गठबन्धन थप संकटमा परेको जनाइएको छ । केही दिन अघि भारतमा भएको सर्वेक्षणमा भाजपा नेतृत्वको एनडिएले ५ सय ४३ सिट मध्ये ४ सय ११ सिट जित्ने प्रक्षेपण गरिएको थियो । सो प्रक्षेपणमा भाजपा एक्लैले ३ सय ५० सिट पार गर्ने आँकडा समेत प्रस्तुत गरिएको थियो ।

अहिले इन्डियामा आबद्ध दल भन्दा एनडिएमा आबद्ध धेरै प्रभावकारी भएका छन् । पछिल्लो समय सिंगो भारत नै दुई ध्रुव तयार भइसकेका छन् । पाँच सय ४३ सिटको लोक सभामा एनडिएले चार सय ११ सिट जित्ने प्रक्षेपण गरिएको छ भने भाजपा एक्लैले तीन सय ५० पार गर्ने अनुमान गरिएको छ ।

२१ राज्यका एक लाख भन्दा मानिसमा गरिएको सो सर्वेक्षण अनुसार भाजपा हिन्दी भाषामा नै मुख्य भाषा रहेको उत्तरी क्षेत्रमा धेरै लोकप्रिय रहको पाइएको छ । बिहार, उत्तर प्रदेश र मध्य प्रदेशमा भाजपाको विशेष पकड रहने देखिएको छ ।

पश्चिम बंगाल र दक्षिणी भारतका विगतको भन्दा भाजपा अझ लोकप्रिय छ । जेडीयु र टीडीपीको गठबन्धनमा विशेष भूमिका छ । तमिल नाडुमा पाँच, केरलामा २ तथा पश्चिम बङ्गालमा २१ सिट जित्ने अनुमान छ । सो सिट सङ्ख्या भाजपाले सन् २०१९ को निर्वाचनमा जितेको भन्दा अलिकति बढी हो ।

उत्तर प्रदेशमा ७७, मध्य प्रदेशमा २८, विहारमा ३८, झार खण्डमा १२ तथा कर्नाटकमा २५ सिट जित्ने प्रक्षेपण गरिएको छ । पछिल्लो सर्वेक्षण अनुसार नै मोदीको गृह राज्य गुजरातमा भाजपाले क्लीन स्वीप गर्दै २६ सिट नै जित्ने छ ।
परम्परागत रूपमा भाजपाको प्रभाव क्षेत्र नभए पनि यस पटकको निर्वाचनमा केही राज्यको अस्वाभाविक उपस्थिति देखिँदै छ । उडिसामा १३, पश्चिम बंगालमा २५ , तेलंगनामा ८ तथा आन्ध्र प्रदेशमा १८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।

सो सर्वेक्षण नै काँग्रेसका लागि ठुलो धक्का नै थियो । त्यसै समयमा ४९ सिटमा सीमित हुने अनुमान गरिएको काँग्रेसका लागि गठबन्धनको अर्को शक्तिमा आएको भुईँचालोले निर्वाचनको मुखमा अझ असहज परिस्थितिमा पुगेको छ ।
प्रान्तीय पार्टी एआइएडएमके, बीएसपी, बीआरएस, बीजेडी र वाइएसआरसीपीका लागि यो निर्वाचन अत्यन्त खराब हुनसक्ने छ । यसले भाजपाको अवस्थालाई अझ कमजोर बनाएको छ। भाजपा नेतृत्वको एनडिएले ५० प्रतिशतको हाराहारीमा लोकप्रिय मत पाउन सक्नेछ ।

उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडिएले ५७ प्रतिशत मत पाउने प्रक्षेपण छ भने इन्डिया गठबन्धनले २६ प्रतिशत मत पाउने देखिएको छ । बिहारको अवस्था पनि त्यस्तै छ । एनडीए गठबन्धनले ५८ प्रतिशत मत पाउन सक्नेछ ।
भाजपाको यो सफलतामा प्रान्तीय दलको प्रभाव पनि उत्तिकै छ । उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडिएले ५७ प्रतिशत मत पाउने प्रक्षेपण छ भने इन्डिया गठबन्धनले २६ प्रतिशत मत पाउने देखिएको छ । बिहारको अवस्था पनि त्यस्तै छ । एनडिए गठबन्धनले ५८ प्रतिशत मत पाउन सक्नेछ ।

तामिल नाडुको अवस्था भने फरक छ । भाजपाले ५ स्थानमा जित हात पार्न सक्ने छ भने डीएमके काँग्रेस गठबन्धनले कुल ३९ सिटमा अनुमानित ३० सिटमा जित हात पार्ने छन्। महाराष्ट्रमा एनडिएले ४८ मध्यका ४१ तथा इन्डियाले बाँकी सिट जित्ने अनुमान छ ।

पश्चिम बंगालमा भाजपाको सिट सङ्ख्या १७ बाट बढेर २५ पुग्न सक्नेछ । टीएमसीले १७ स्थानमा जित हात पार्न सक्ने छ । बंगालको निर्वाचन त काँग्रेसका लागि अझ दुखद हुनसक्ने छ ।

हरियाणा र राजस्थानमा भाजपा चार वर्ष अघि बलियो थियो । ती दुवै राज्यमा अहिले पनि भाजपा बलियो छ । तामिल नाडुमा एनडिएले तामिल मनिला काँग्रेस तथा इन्डियाले एआइएडएमकेसँग गठबन्धन गरेका हुन् । आन्ध्र प्रदेशमा भाजपाले सिट बाँडफाँडमा धेरै नै बुद्धिमानी पुरा गरेको देखिएको छ । जनसेना पार्टी र टीडीपीले भाजपासँगको गठबन्धनले आन्ध्र प्रदेशमा आफ्नो पकड बढ्दै गएको जनाएको छ ।

डीएमकेले पनि सत्तारुढ गठबन्धनसँग गरेको छ । आन्ध्र प्रदेशमा भाजपाले सिट बाँडफाँडमा धेरै नै बुद्धिमानी पुरा गरेको देखिएको छ । जनसेना पार्टी र टीडीपीले भाजपासँगको गठबन्धनले आन्ध्र प्रदेशमा आफ्नो पकड बढ्दै गएको जनाएको छ । न्युज १८ को सर्वेक्षण त्यस्तै छ । दक्षिणी राज्यमा भाजपाको प्रभाव विगतको भन्दा धेरै सुधारिएको छ । त्यसै त भाजपा अनुकूल बन्दै गएको समयमा यो घटना सिंगो इन्डिया गठबन्धनकै लागि धक्का हो ।

प्रतिक्रिया