समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

Rohingya refugees stand on a capsized boat as Indonesian Search and Rescue boat approaches to rescue them, in the waters of West Aceh, Indonesia, March 21, 2024. REUTERS/Hendri

मेउलाबोह । इन्डोनेसियाको समुद्रमा डुंगा डुबेपछि सामुद्रिक किनारामा बस्दै आएका ६९ रोहिंगे शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । धेरै लामोे सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिंगे शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डंगा बुधबार पल्टिएको हो । उद्धारको लागि गएको अर्को डुंगा पनि दुर्घटना भएको हो ।
पश्चिमी आचेह प्रान्तको तटमा रोहिंगेको समूह अप्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन संघर्ष गर्नुपरेको थियो । अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिंगेहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको संख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एएफपीलाई प्राप्त भएको फुटेजमा स्थानीय खोज तथा उद्धार निकायले पुरुष, महिला र बालबालिकालाई सुरक्षित स्थानमा लगेको देखिएको छ । ‘म १५ दिनदेखि समुद्रमा थिएँ तर यहाँ अरू त्यो भन्दा लामो समयदेखि फसेका छन्,’ इन्डोनेसियामा आफ्नो नाम ‘दोस्तगियोर’ बताउने २७ वर्षीय व्यक्तिले बताए । आफू बंगलादेशको कक्स बजारबाट यात्रा सुरू गरेको बताउने उनीसँगै धेरै रोहिंगे उत्पीडनबाट भागेर विभिन्न देशका शिविरमा गएको उनले बताए ।

पश्चिम आसेह मछुवा समुदायका महासचिव पवन्गा अमिरुद्दिनले भने, ‘अन्य शरणार्थीले आफू म्यानमारबाट आएको र थाइल्याण्ड पुग्ने प्रयास गरेको तर अस्वीकार गरिएको बताएका छन् ।’ संयुक्त राष्ट्रसघीय शरणार्थी निकायका सुरक्षा सहयोगी फैजल रहमानले उद्धार गरिएका हरूको ‘स्पष्ट र ठोस तथ्यांक’ प्राप्त गर्न उद्धार टोली बस्तीमा फर्किने प्रतीक्षामा रहेको बताए ।

बुधबार पल्टेको सोही डंगाबाट छ जना रोहिंगेलाई मछुवाले तत्काल उद्धार गरेका थिए । तीमध्ये एक पीडितले दर्जनौं शरणार्थीलाई बाढीले बगाएको र बेपत्ता भएको वा मृत्यु भएको आशंका गरिएको घटनामा परेका जीवित शरणार्थीलाई उद्धृत गर्दै उद्धारकर्मीले बताए । स्थानीय प्रहरी र क्षेत्रीय सरकारले टिप्पणीका लागि गरिएको अनुरोधमा आफूहरू यसका लागि तोकिएको आधिकारिक अधिकारी नभएकाले केही बताउन नसक्ने बताए । नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।

संयुक्त राष्ट्रसंीय निकायका अनुसार सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो संख्या हो ।
हालैका महिनाहरूमा आचेहमा अवतरण गर्ने केही रोहिंगे समुदायप्रतिको समवेदना घटेको र डुंगाहरूलाई समुद्रमा फिर्ता पठाउन थालिएको छ ।

प्रतिक्रिया