सानिमा बैंकद्धारा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

कालिकोट । सानिमा बैंक कालिकोट शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘ग्लोवल मनि वीक २०२४’ को अवसरमा सानिमा बैंक कालिकोट शाखाद्धारा बुधबार खाँडाचक्र नगरपालिका १ स्थित पञ्चदेव माध्यामिक विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको हो ।

सानिमा बैंकका देशभरी छरिएर रहेका १ सय ५ शाखा सञ्जाल, २८ वटा सेवा काउन्टर तथा १ सय २१ एटिएम वुथबाट ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने बताउदै बैंकका प्रबन्धक मछिन्द्रकुमार भण्डारीले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, किलियरिङ, रेमिटेन्स, आईपिएसका बारेमा जानकारी दिए ।

साँथै उनले हरेक उमेर समुहलाई लक्षितगरि बनाईएका बचत खाता र आकर्षक व्याजदरको मुद्दती खाताका साथै संसारको जुनसुकै कुनाबाट रेमिटेन्स् गरी पठाएको रकम सरल र सहज रुपमा भुक्तानी पाउनुका साथै बैंकको आन्तरीक रेमिटेन्स्, सानिमा एस्प्रेसमार्फत पठाइएको रकम देशको जुनसुकै कुनामा पनि प्राप्त गर्न सकिने बताए ।

भण्डारीले आजको युगमा डिजिटल बैंकिङ सेवा अपरिहार्यताको सन्दर्भमा विद्यार्थीलाई प्रकाश पार्दै बैंकिङ शिक्षाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोईरालाले अन्य शिक्षक र करिब २ सय जना विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कोइरालाले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल र सुर्लभ तरिकामा दिएको सेवाप्रति प्रशंसा गरेका थिए । उनले भने, ‘यही सेवा यहाँका नागरिकलाई आवश्यक रहेको छ ।’ उनले अबको नयाँ प्रविधीयुक्त युगमा विद्यार्थीहरुलाई पनी वित्तीय साक्षरता सम्बन्धी यो शिक्षा आवश्यक रहेको बताए । कालिकोटमा सानिमा बैंकका शान्नित्रिवेणी गाउँपालिका र सदरमुकाम मान्ममा दुईवटा शाखा रहेका छन् । उक्त शाखाले प्रत्येक वर्षमा दुई जना विद्यार्थीलाई छात्रावृति रकम समेत प्रदान गर्दै आइरहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया