इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

काठमाडौँ । इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् ।

प्रतिद्वन्द्वी अनीश बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रतिशत मत पाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् ।

प्रतिक्रिया