केटिएम २५० युकेइ जेन ३ मोटरसाइकल सार्वजनिक

वीरगन्ज । केटिएम २५० युकेइ जेन ३ मोटरसाइकलको विशेष कार्यक्रमका बीच वीरगन्जमा पनि सार्वजनिक गरिएको छ । उक्त मोटरसाइकलको जनमत पार्टीका केन्द्रीय सदस्य एवं पूर्वकृषि राज्यमन्त्री करिमा बेगमले सार्वजनिक गरेकी हुन् ।

७ लाख ३९ हजार ९ सय मूल्य रहेको सो मोटरसाइकल ५० प्रतिशत डाउन पेमेन्टमा लिन सकिने इनाया ट्रेडिङका सञ्चालक साहिद प्रवेजले बताए । केटिएम २५० युकेइ जेन ३ मोटरसाइकल देशैभरी सोमबार दिउँसो १ बजे एकै समयमा सार्वजनिक गरिएको सञ्चालक प्रवेजले बताए । उनका अनुसार जेन ३ भर्जन नेपाली बजारमा सीमित अवधिको लागि मात्र ७ लाख ३९ हजार ९ सयमा उपलब्ध छ ।

केटिएम २५० युकेइ जेन ३ मा रेस इन्सपाइड लाइन, स्पेर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट ह्विल, हाई पर्फमेन्स ब्रेकजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाइकमा रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्विङ आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको छ ।

प्रतिक्रिया