पालिका कप क्रिकेटबाट ६ टीम बाहिर, १२ टीम दोस्रो चरणमा प्रवेश

रौतहट । रौतहट जिल्लाको गौरमा फागुन २६ गतेदेखि जारी रहेको पालिका कप टी– २० क्रिकेट प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ । १८ स्थानीय तहको टीम सहभागी भएको प्रतियोगिताको पहिलो चरणबाट ६ पालिकाको टीम बाहिरिएको हो भने १२ पालिकाको टीम दोस्रो चरणको प्रतिस्पर्धामा प्रवेश गरेका छन ।

प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्ने पालिका कटहरिया, गुजरा नगरपालिका, गौर नगरपालिका, ईशनाथ नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, चन्द्रपुर नगरपालिका, गढ़ीमाई नगरपालिका, बौधिमाई नगरपालिका र बृन्दाबन नगरपालिका दोस्रो चरणको प्रतिस्पर्धामा प्रवेश गरेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

राजदेवी नगरपालिका, परोहा नगरपालिका, देवाही गोनाही नगरपालिका, राजपुर नगरपालिका, फतुवा विजयीपुर नगरपालिका र मौलापुर नगरपालिका पहिलो चरणको खेलमा पराजित भएकाले प्रतियोगिताबाट बाहिर भएको रौतहट जिल्ला क्रिकेट संघका प्रेस संयोजक प्रवीण टिबडेवालले जानकारी दिए ।

पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेका टीमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कटहरिया नगरपालिका, गौर नगरपालिका, गुजरा नगरपालिका र ईशनाथ नगरपालिका परेको छ ।

समूह ‘बी’ मा दुर्गा भगवती गाउँपालिका, माधव नारायण, गरुडा र चन्द्रपुर नगरपालिका तथा समूह ‘सी’ मा यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिका, बौधिमाई नगरपालिका र बृन्दाबन नगरपालिका रहेको छ । दोस्रो चरणमा राम्रो प्रदर्शन गर्ने ६ वटा टीम तेस्रो चरणको प्रतिस्पर्धामा पुग्ने छन । तेस्रो चरणमा राम्रो प्रदर्शन गर्ने टीम फाइनल खेल्ने टाईसीट रहेको छ ।

प्रतिक्रिया