लालबन्दी । सर्लाहीमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको सात महिनामा करिब १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार नियम विपरीत चलेका विभिन्न सवारी साधनलाई कारबाही गर्दा १ करोड ५४ लाख ९९ हजार १ रुपैयाँ राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका कार्यवाहक प्रमुख बरिष्ठ सई भानुभक्त नेपालका अनुसार सात महिनामा कारबाहीमा परेका १७ हजार २ सय ६० ओटा सवारी साधनलाई कारबाही गर्दा सो राजस्व संकलन गरेको हो ।
सात महिनामा कारबाहीमा पर्ने सवारीमा सबैभन्दा धेरै मोटरसाइकल छन् । सो अवधीमा सबैभन्दा धेरै ७ हजार ९ सय २२ वटा मोटरसाइकल कारबाहीमा पर्दा ६ लाख ६५ हजार राजस्व संकलन भएको बरिष्ठ सई नेपालले जानकारी दिए । त्यसैगरी सबैभन्दा कम ५ सय ७० वटा अटो÷टेम्पोलाई कारबाही गर्दा ३ लाख ७७ हजार ५ सय राजस्व संकलन भएको छ । कारबाहीमा पर्ने अन्य सवारी साधनमा ३ हजार ८ सय ५० ट्रक÷ट्यांकर, ६ सय १७ बस÷मिनिबस, ३ हजार ६ सय ६६ कार, जिप, भ्यान र ६ सय ३५ वटा ट्रयाक्टर रहेका छन् । नियम विपरीत चलेका सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी सवारी दुर्घटनामा परी सात महिनाको अवधिमा ४८ जनाको मृत्यु भएको छ । साना ठुला सवारी गरी भएको ४ सय ६८ वटा दुर्घटनामा परी सो संख्यामा मानिसको मृत्यु भएको हो । ट्राफिक प्रहरीले गएको सात महिनामा ८ सय ६९ पटक सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।
सर्लाही
प्रतिक्रिया