अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको आर्थिक बर्ष २०८०।०८१ मा सञ्चालित योजना तथा कार्यक्रमको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा नगरस्थित बिषयगत शाखा प्रमुख तथा १० वटै वडा सचिवले चौमासिक रुपमा साथै ८ महिनामा सञ्चालन भएका योजना आयोजना, कार्यक्रम तथा भौतिक र आर्थिक प्रगती प्रस्तुत गरेको थिए ।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख झबिलाल थापाले यस आर्थिक बर्षको सवै योजना आयोजना तथा कार्यक्रमहरु बैशाख मसान्त भित्र सम्पन्न गर्ने गरी नगरको सवै टिम लाग्नु पर्ने बताए । सवैको साथ सहयोगमा जनताले अनुभुती गर्ने गरी र सबैले देखिने गरी बिकासका कामलाई सवैलै एउटै गतिका साथ अगाडी बढाउनु पर्ने प्रमुख थापाले बताए ।
प्रमुख थापाले भने, ‘केही समय प्रमुख प्रशासकियको सरुवाको समस्याले गर्दा सोँचे जती नतिजा हाशिल गर्न सकेनौँ, कर्मचारीहरुले शनिवार पनि नभनी काममा लाग्नु भएको छ, यसरी नै सवै पक्ष काममा लागौँ, जनअपेक्षा धेरै छ, स्रोत साधन सिमित छ, तर पनि केही उदारणिय काम गरेका छौँ,’ उनले भने, ‘योजनालाई ब्यवस्थित तरबले अगाडी बढाउने गरी थप योजनाका साथ आगाडी बढ्न प्रतिबद्ध छौँ, सबै कामको समग्र समिक्षासहित आगामी कार्ययोजना अगाडी बढ्नुपर्ने बेला आएको छ ।’
नगरको दिगो बिकास र समृद्धिका लागि कर्मशिल कार्यक्रमसहित नगरपालिका अगाडी बढेको भन्दै सवै नगरवासीको भावनालार्ई केन्द्र भागमा राखेर काम गर्ने सबै सरोकारवाला पक्ष एक भयर लाग्नुपर्ने उनले बताए ।
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले समिक्षामा आएको सवै सुझालाई ग्रहण गरी जनताको माग र आवश्यकताको आधारमा बिकास निमार्णको कामलाई अगाडी बढाउनुपर्ने भन्दै सबै पक्ष तथा जनताको सहभागीता बाटै सबै काम अगाडी वढाउने बताए ।
चौमासिक प्रगती समिक्षा कार्यक्रम उठेका सवालको जबाफ दिदै प्रमुख प्रशासकिय खिमानन्द आचार्यले नगरपालिकाले प्रवाह गर्ने सेवा सरल, सहज, छिटो, छरितो र चुस्त दुस्त बनाउन पालिकाको सवै टिमनै प्रतिबद्ध रहेको बताए ।
प्रमुख प्रशाकिय अधिकृत आचार्यले भने, ‘जनताको सेवा प्रवाहका लागि जतिबेला जुनसुकै समयमा पनि काम गर्न हामीहरु प्रतिबद्ध छौँ, अब सवै नगरको शतप्रतिशत योजना आयोजनाको काम सम्पन्न काममा लागौँ, सुशासन र सामाजिक जवाफदेहिताका औजारहरुलाई सवै कार्यालयहरुमा थप प्रभावकारी बनाउन थप योजना बनाउ छौँ,’ उनले भने, ‘सेवाग्राहीमैत्री सुशासनमैत्री नगरपालिका बनाउन सवै हातेमालो गरी अगाडी बढौँ ।’
अर्घाखाँची
प्रतिक्रिया