चार वटा मोटरसाईकलसहित प्याज र युरिया मल बरामद

कपिलवस्तु । चार वटा मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले फागुन २७ गते कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–६ बन्चौराबाट नियन्त्रणमा लिएको छ ।

युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिया मल नं. २८ गण कपिलवस्तुले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको मोटरसाईकल तथा प्याज र मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।

प्रतिक्रिया