सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलीको सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीको समान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– १६ भन्सार मेनगेटस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गाडी मोबाईल टोलीले उक्त सामान बरामद गरेको हो ।

अवैधरुपमा साइकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्सार मूल्य रु (१¸८३¸४१०) एक लाख ८३ हजार ४१० बराबरको किराना सामान, कपडा¸हार्डवेयर तथा मोटर पार्टस छाडि साइकल लिएर व्यक्ति भागेकाले उक्त सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया